नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन शुरु भएको छ । शनिवार काठमाडौंमा कोशी र वागमती प्रदेशको लागि राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन शुरु भएको हो । अन्य प्रदेशमा भने सर्वसम्मत रुपमा चयन भएको छ । निर्वाचनको बारेमा जानकारी दिँदै नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन १२ वर्षपछि हुन लागेको बताउनु भयो । उहाँले ४÷४ वर्षमा हुनुपर्ने निर्वाचन भएपनि विविध कारणले लामो समयसम्म हुन नसकेको बताउनु भयो । उहाँले वागमती र कोशी प्रदेशबाहेक अरु ५ वटा प्रदेशमा सर्वसम्मत भएको निर्वाचित भएको बताउनु भयो । वागमती र कोशी प्रदेशमा ९ वटा पदका लागि निर्वाचन भइरहेको बताउनु भयो । उहाँले ९ वटा पदको निर्वाचनका लागि वागमती प्रदेशमा १५ सय बढी र कोशी प्रदेशबाट ५५४ जना मतदाता रहेको बताउनु भयो । निर्वाचनले नेपाल स्काउटको राष्ट्रिय परिषद् सदस्य ५६ जनामध्ये १६ जना वागमती र कोशी प्रदेशबाट निर्वाचित हुने बताउनु भयो । प्रदेश परिषद्हरुमा वागमती र कोशी प्रदेशमा २६÷२६ जना निर्वाचित हुनुपर्ने पनि बताउनु भयो । निर्वाचन समितिका सदस्यसचिव समेत रहनुभएका उहाँले निर्वाचनपछि राष्ट्रिय परिाषद्को बैठक बसेर राष्ट्रिय परिाषद् र प्रदेश परिषद्को बैठक बसेर प्रदेशको कार्यकारी समिति र राष्ट्रिय कार्यकारी समिति गठन हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन भइरहेको छ । यो निर्वाचन १२ वर्षपछि हुँदैछ । आवदिक हिसावमा ४÷४ वर्षमा हुनुपर्ने निर्वाचन हो । विविध कारणले गर्दा निर्वाचन लामो समयसम्म हुन सकेको थिएन । अहिले हामीले सातै वटा प्रदेशको र केन्द्रको पनि हामील निर्वाचन गरिरहेका छौँ । त्यसमध्ये वागमती र कोशी प्रदेशबाहेक अरु ५ वटा प्रदेशमा सर्वसम्मत भएको अवस्था छ । वागमती र कोशी प्रदेशको आज हामीले ९ वटा पदका लागि निर्वाचन गरिरहेका छाँै । ९ वटा पदको निर्वाचनका लागि हामीसँग वागमती प्रदेशमा १५ सय बढी मतदाता हुनुहुन्छ । कोशी प्रदेशबाट ५५४ जना मतदाता हुनुहुन्छ । यसरी हाम्रो निर्वाचन प्रक्रिया अघि बढिरहेको छ । यो निर्वाचनले नेपाल स्काउटको राष्ट्रिय परिषद् सदस्य ५६ जनामध्ये १६ जना निर्वाचित हुनुपर्छ । वागमती र कोशीबाट । त्यसैगरी प्रदेश परिषद्हरुमा वागमती र कोशी प्रदेशमा २६÷२६ जना निर्वाचित हुनुहुन्छ । यो निर्वाचनपछि राष्ट्रिय परिाषद्को बैठक बसेर राष्ट्रिय परिाषद् र प्रदेश परिषद्को बैठक बसेर प्रदेशको कार्यकारी समिति र राष्ट्रिय कार्यकारी समिति गठन हुन्छ ।’
उहाँले निर्वाचन निर्वाध रुपमा शान्तिपूर्ण ढंगबाट सञ्चालन भइरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल