इरानका विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियानले इरानले लेबनानमा युद्ध बिस्तार भएको हेर्न नचाहेको बताउनुभएको छ । युद्ध समाधान नभएको भन्दै उहाँले युद्धको दायरा बिस्तार गर्न नचाहेको बताउनु भयो । उहाँले आफ्नो लेबनानी समकक्ष अब्दल्लाह बो हबिबसँग बेरुतमा संयुक्त पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।
लेबनानका प्रधानमन्त्री नजिब मिकातीसँगको भेटमा अमिर–अब्दुल्लाहियानले गाजामा इजरायली आक्रमण रोक्न र यस क्षेत्रका सबै देशहरूका लागि न्यायसंगत समाधानमा पुग्न थप प्रयास गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।