काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकमा प्रश्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने तयारी

.

नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठकमा प्रश्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिनेगरी दोस्रो दिनको बैठक सकिएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रिय कार्यसमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रश्तुत गर्नुभएको क्रमशः नीतिगत, सांगठनिक र राजनीतिक प्रश्तावलाई अन्तिम रुप दिनेगरी सकिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता रामहरि खतिवडाले बैठकले महासमितिमा प्रश्ताव हुने प्रतिवेदनहरु उपसभापति पूर्णबहादुर खड्काको, द्वय महामन्त्रीको र आर्थिक प्रश्ताव अर्थमन्त्री वा प्रवक्ताको र लेखा परीक्षणको केही प्रतिवेदन केही संशोधन गरेर केही कुराहरु केन्द्रिय कार्यसमितिबाट आएका प्रश्तावलाई मिलाएर लैजाने गरी एकतावद्ध भएर सम्पन्न गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज नेपाली काँग्रेसको महासमिति अघि बस्ने केन्द्रिय कार्यसमितिको बैठक दुई दिन बसेर आज अन्तिम चरणमा पुगेको छ । महासमितिमा प्रश्ताव हुने प्रतिवेदनहरु उपसभापति पूर्णबहादुर खड्काको, द्वय महामन्त्रीको र आर्थिक प्रश्ताव अर्थमन्त्री वा प्रवक्ताको र लेखा परीक्षणको केही प्रतिवेदन केही संशोधन गरेर केही कुराहरु केन्द्रिय कार्यसमितिबाट आएका प्रश्तावलाई मिलाएर लैजाने गरी एकतावद्ध भएर सम्पन्न गरेका छाँै । काँग्रेस एकतावद्ध भएर महासमितिमा एउटै प्रश्ताव सबै साथीहरु प्रश्तुत हुनेगरी जानुभएको छ । महासमिति प्रश्ताव भोलिसम्म सबै सदस्यलाई दिनेगरी सकिएको छ ।’

नेता खतिवडाले काँग्रेस एकतावद्ध भएर महासमिति बैठकमा प्रश्तुत हुने पनि बताउनु भयो । उहाँले महासमिति प्रश्ताव शनिवारसम्म सबै महासमिति सदस्यहरुलाई दिनेगरी तयारी भइरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल