केन्याका वरिष्ठ राजनीतिज्ञ ओडिङ्गाद्वारा एयु आयोगको अध्यक्षमा उम्मेदवारी घोषणा

.

केन्याका दिग्गज राजनीतिज्ञ राइला ओडिङ्गाले अफ्रिकन युनियन आयोग (एयु) को अध्यक्षतामा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ । २००८ देखि २०१३ सम्म केन्याका प्रधानमन्त्री रहनुभएका ओडिङ्गाले केन्याको राजधानी नैरोबीमा महादेशभरका सहकर्मीहरुसँगको परामर्शपछि आफू एयुको अध्यक्ष पदमा उम्मेदवारी दिन तयार भएको घोषणा गर्नुभएको हो । आफ्नो सेवा अफ्रिकाले चाहेको हो भने आफू अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनु भयो ।

ओडिङ्गाको उम्मेदवारीलाई समर्थन गर्दै, नाइजेरियाका पूर्वराष्ट्रपति ओलुसेगुन ओबासान्जोले पूर्वी अफ्रिकाका एक व्यक्तिलाई एयु आयोगको प्रमुखको लागि यो सही समय भएको बताउनु भयो ।

पूर्वाधारका लागि एयु उच्च प्रतिनिधिको रूपमा सेवा गरेका ओडिंगाले आफ्नो उम्मेदवारीलाई समर्थन गर्न महाद्वीप र बाहिरका नेताहरूलाई परिचालन गर्न ओबासान्जोसँग छलफल गरेको बताउनु भयो । ओडिंगाले अफ्रिकालाई रूपान्तरण गर्ने र अध्यक्षता प्राप्त गरेमा यसलाई आर्थिक महाशक्ति बन्न पङ्क्तिवद्ध गर्ने आफ्नो संकल्प पनि व्यक्त गर्नुभयो । एयु आयोगको वर्तमान अध्यक्ष, चाडका मौसा फकी महामतले आफ्नो दुई कार्यकाल २०२५ मा पूरा गर्दै हुनुहुन्छ । एयु आयोगका अध्यक्ष राज्य र सरकारका प्रमुखहरूको सभाले चार वर्षको कार्यकालका लागि निर्वाचित हुन्छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।