माल्टामा आप्रवासी डुङ्गा पल्टिँदा ५ जनाको मृत्यु, ८ घाइते

.

उद्धार कार्यको क्रममा माल्टाको किनारमा आप्रवासी डुङ्गा पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । साथै आठ जना घाइते भएको माल्टाको सशस्त्र बल (एएफएम) ले जनाएको छ । करिव ७ दशमलव ६ मिटर लामो र दुईवटा मोटरबाट सञ्चालित उक्त डुङ्गामा सिरिया, इरिट्रिया, घाना र इजिप्टका ३४ जना यात्रु बोकेर भूमध्यसागर पार गर्दै थिए । डुङ्गा करिव ३.५ नटिकल माइल (६.५ किलोमिटर) पुगेपछि घटनास्थलमा एएफएम विमान पठाइएको थियो । एक एएफएम जहाज घटनास्थलमा पठाइएको थियो तर उद्धार कार्यको क्रममा डुङ्गा पल्टिएको बताइएको छ । घटनाको छानबिन जारी छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।