साफ यु—१६ महिला च्याम्पियनसिप २०२४ को तयारी पूरा

.

साफ यु—१६ महिला च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको छ ।

फागुन १८ देखि २७ गतेसम्म प्रतियोगिता हुनेछ । प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फटबल संघका प्रवक्ता सुरेश साहले बताउनु भयो । उहाँले प्रतियोगिताको सम्पूर्ण युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण हुनेछ । प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ एक सय र भिआइपी पारापिटतर्फ ३ सय रुपैयाँ कायम गरिएको पनि प्रवक्ता साहले बताउनु भयो । प्रतियोगिताका लागि नेपालसहित भारत, बंगलादेश, भूटानको टिम नेपाल आइसकेको छ । सहभागी टोलीले च्यासलर  सातदोबाटोमा अभ्यास गर्नेछन् । प्रतियोगिताका लागि २ करोड १२ लाख २० हजार ९ सय बजेट अनुमान गरिएको पनि प्रवक्ता साहले बताउनु भयो ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, भूटान गरी चार टिम सहभागी रहेका छन् । प्रतियोगितामा उद्घाटन खेल फागुन १८ गते भूटान र भारतबीच हुनेछ ।  —न्युज एजेन्सी नेपाल