काठमाडौं – सरकारले नेपाल धितोपत्र बोर्ड (सेबाेन)को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले धनगढी घर भएका हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट सरकारले हमाललाई नियुक्त गरेको हो ।