टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा गरिएको अपरेशनमा टर्की प्रहरीले शुक्रवार ४.६ टन मेथाम्फेटामाइन बरामद गरेको छ । साथै आठ संदिग्ध लागुऔषध तस्करलाई पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ । येर्लिकायाले लागुऔषध व्यापारीहरू बिरुद्ध ठूलो अपरेशन शुरु गरिएको बताउनु भयो । जस क्रममा प्रहरीले शहरका तीन स्थानहरूमा छापा मारेको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
टर्की प्रहरीद्वारा ४.६ टन मेथाम्फेटामाइन बरामद, ८ पक्राउ
