नर्सिङ कलेजहरुलाई अनुमति नदिएर त्रुटी ग¥यौँ, अब सरकारले सोच्नुपर्छः राष्ट्रिय सभा सदस्य गैरे

.

राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले नर्सिङ र मेडिकल कलेजहरुलाई शिक्षण अनुमति नदिएर त्रुटी भएको बताउनुभएको छ ।

आईतवार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै राष्ट्रिय सभा सदस्य गैरेले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा नर्सिङ पढ्न नपाएपछि विद्यार्थीहरु विदेशीन बाध्य भएका उहाँले बताउनु भयो । नेपालमा पढ्न नपाउँदा विद्यार्थीहरुले विदेशमा दुःख साथ पढ्नुपरेको भन्दै यस बारेमा अब सरकारले सोच्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘आज युवाहरु शिक्षाको नाममा दिनप्रतिदिन बहिर्गमन भइरहेका छन् । हिजो हामीले केही त्रुटी ग¥यौँ भन्ने मलाई लाग्दछ । हामीले नर्सिङ कलेज, मेडिकल कलेजहरुलाई शिक्षणकालागि अनुमति नदिने, त्यसलाई साँघुरो बनाउँदाखेरी आज हाम्रो भाइबहिनीहरु भारतको बोर्डरहरुमा, बंगलादेश र युरोपियन देशहरुमा गएका छन् । धेरै दुःख पाएका छन् । त्यसकारणले अबको सरकारले सोच्नुपर्दछ ।’ 
उहाँले बुबाआमाको लासले छोराछोरी कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल