भारतीय ट्रकको निर्वाद नेपाल प्रवेशले नेपाली ट्रक व्यवसायी धरापमाः अध्यक्ष श्रेष्ठ

.

काठमाडौं । ओभरलोड बोकेर नेपालमा निर्वाद रुपमा सञ्चालन हुने भारतीय ट्रकका कारण नेपाली ट्रक व्यवसायी धरापमा पर्दै गएको यातायात व्यवसायीले बताएका छन् । नियम कानून विपरित ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न ट्रक व्यवसायीले सरकारसंग जोडदार माग समेत गरेका छन् ।

राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी समितिको २१ औं बार्षिक साधारण सभा तथा १४ औँ अधिबेशनमा बोल्ने यातायात व्यवसायीले यातायात व्यवसायीका समस्या सरकारले सम्बोधन गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन । कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले नेपालका तिनै तहका सरकारले यस क्षेत्रको लागी कानून बनाउन आवश्यक रहेको बताए ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेलले भारतीय ट्रकका कारण नेपाली यातायात व्यवसायी आफ्नो पेशाबाट पलायन भएकोमा चिन्ता ब्यक्त गरे । कार्यक्रममा नेपाल रास्ट्रीय यातायात व्यावसायि महासंघका सल्लाहकार सुरेश हमाल , नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष विष्णु न्यौपाने, महासचिव राजेन्द्र विक्रम बानिया, लुम्बिनी प्रदेश संयोजक यम प्रसाद पाण्डे , केन्द्रिय सदस्य बद्री चौलागाईं , जिल्ला ट्राफिक प्रहरी प्रमुख किरण प्रकाश मल्ल, समितिका पूर्वअध्यक्षका तर्फबाट भूपाल रावत , अम्बिकेस्वरी यातायात प्रालिका अध्यक्ष घनस्याम बस्नेत , तुलसिपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे , नेपाल रास्ट्रीय सोतन्त्र मजदुर संगठन जिल्ला अध्यक्ष दिपक बुढाथोकी , अखिल नेपाल मजदुर संघका केन्द्रीय उप महासचिव घनस्याम डागी लगायतले बोलेका थिए ।

हजारौ मानिसलाई रोजगार दिएर राज्यलाई अग्रिम कर बुझाउंदै आएका ट्रक व्यवसायी संकटमा पर्दा पनि सरकार गम्भीर बन्न नसकेको यातायात व्यावसायिहरुले गुनासो गर्दै सरकारले निर्धारण गरेको भाडा पनि नपाइएकोमा ट्रक व्यवसायीको दुखेसो थियो ।

समितिका अध्यक्ष रत्नप्रसाद श्रेष्ठको अध्यक्षता , नेपाल ट्रक व्यावसायि महासंघका अध्यक्ष हिरालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । समितिका बरिष्ठ उपाध्यक्ष प्रेमनाथ योगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रसासनिक सचिव उमेश चन्द्र मजगैयाले गरेका थिए ।