जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदमा बिना कारण अवरोध गरिरहेको बताउनुभएको छ ।बुधवार संसद भवन परिसरमा कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रमुख प्रतिपक्षले उठाएको आवाज पार्टीका लागि मात्रै राम्रो भएको र समग्र देशको हीतमा नरहेको बताउनु भयो । उहाँले बहानाबाजी गरेर संसद अवरोध गर्ने काम राम्रो नभएको बताउनु भयो । उहाँले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कुनै आरोप भए स्पष्टीकरण दिन पाउनुपर्ने बताउनु भयो । उहाँले काँग्रेसले गृहमन्त्रीलाई संसदमा आफ्ना धारणा राख्न दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रमुख प्रतिपक्षले जुन प्रकारले आवाज उठाइरहेको छ, उहाँहरुको लागि त राम्रो हो । तर मुलुकको लागि त राम्रो होइन । अहिले विधेयक अधिवेशन चलिरहेको छ । विधेयक अधिवेशनमा बढी भन्दा बढी कानून, ऐन बनाउनुपर्छ । त्यसमा अवरोध गर्ने, नाटक गर्ने, बहानाबाजी गर्ने राम्रो काम होइन । गृहमन्त्रीजीमाथि कुनै आरोप छ भने गृहमन्त्रीजीलाई बोल्न दिनुपर्छ, जवाफ सुन्न दिनुपर्छ । उहाँको कुरा नसुन्ने र अनावश्यकमा झगडा गर्नेकुरा राम्रो होइन ।’
उहाँले आरोप लाग्ने बित्तिकै मानिस दोषी नहुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल
काँग्रेसले संसदमा बिना कारण अवरोध ग¥योः सांसद यादव