सुडानी सेना अर्धसैनिक बलहरूबिरुद्ध विजय हासिल गर्न सक्षम छः सेना उपप्रमुख

.

सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का सदस्य र सुडानी सशस्त्र बल (एसएएफ) का उप–जनरल कमाण्डर शाम्स–एडिन काबाशीले अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बिरुद्ध विजय हासिल गर्न सेना सक्षम रहेको बताउनुभएको छ । सुडानी सेनालाई जनताको समर्थन रहेको बताउनु भयो । काबाशीले पूर्वी सुडानको गेडारेफ राज्यको पूर्वी सैन्य क्षेत्रमा अफिसर र सैनिकहरूलाई सम्बोधन गर्दै सशस्त्र बलहरू र सबै मोर्चाहरूमा बिरोधी गतिविधि रोक्न सफल रहेको बताउनु भयो ।

हालको लडाई सुडानी जनताको गरिमा पुनः स्थापनाका लागि भएको बताउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।