‘अष्ट्रेलिया यात्रा – २०८०’ सकेर मानवसेवा आश्रम परिवार स्वदेश फिर्ता

.

काठमाडौं -‘अष्ट्रेलिया यात्रा – २०८०’ सकेर मानवसेवा आश्रम परिवार स्वदेश फिर्ता भएका छन् । गोरखा समाज अष्ट्रेलियाको निमन्त्रणा एवं आयोजनामा गत फेब्रुअरी १२ देखि मार्च २५ तारिखसम्म अष्ट्रेलियाको सात स्टेटका विभिन्न १० स्थानहरुमा विगत १० वर्ष देखि नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा विभिन्न कारणहरुबाट कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार, औषधोपचार, लालनपालन, पारिवारिक पुनःमिलन एवं परिवार पत्ता नलागेकाहरुको लौरी स्वरुपको सहारा बनेर २०८२ साल भित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गरि घोषणा र घोषणा पश्चातको पुर्ण कार्यन्वयन गर्ने संकल्प सहित मानवीय सेवामा जुटिरहेको मानवसेवा आश्रमले नेपालमा गरिरहेको प्रयास र भावी योजनाहरुको बारेमा अष्ट्रेलियामा रहनु भएका नेपाली परोपकारीमनहरुलाई जानकारी गराउने सँगै मानवता प्रवर्द्दन सम्बन्धी रचनात्मक कार्यक्रमहरु सफलतापुर्वक सम्पन्न भएसँगै मानवसेवा आश्रम परिवार मार्च २५ तारिख नेपाल फर्किएको हो ।
मानवता प्रवद्धनको अभिष्टले आयोजित आमा सेमिनार एवं अन्तर्क्रिया कार्यक्रमहरुमा करिब १५ सय जना अष्ट्रेलियावासी नेपाली उदारमनाहरुको गरिमामय उपस्थिती रह्यो ।

 

आश्रमहरुको भवन निर्माण सम्पन्न गर्न एवं व्यवस्थापनको सेवा सहजताको लागी अष्ट्रेलियामा सम्पन्न भएको कार्यक्रमहरुमा प्रतिवद्धता रकमतर्फ १ करोड २० लाख र नगद ५० लाख रकम गरेर जम्मा १ करोड ७० लाख रुपैयाँ संकलन भएको सबैसबैमा जानकारी गराउन चाहन्छौ । विभिन्न कारणहरुबाट कार्यक्रममा सहभागि हुन नसक्नु भएका व्यक्तिहरुले कार्यक्रम सम्पन्न गरेर नेपाल फर्कि सकेको अवस्थामा पनि सम्पर्क गरेर सेवामा आर्थिक सहभागिता जनाईरहनु भएको छ । नेपालभर सात प्रदेशको १९ वटा जिल्लाहरुमा २४ वटा सेवा केन्द्र संचालन भई आजको दिनमा १७०० जाना भन्दा बढिको प्रतयक्ष नाना खाना छाना स्वास्थ्य र शिक्षाको सेवा भईरहेको सन्दर्भमा अष्ट्रेलियामा रहनु भएका नेपाली परोपकारी मनहरुले पुर्याउनु भएको योगदान पुर्याउनुभएको छ ।

 

अष्ट्रेलिया यात्रामा दशजना अष्ट्रेलियावासी उदारमनाहरुले मानवसेवा आश्रमको निर्माणाधिन भवनहरुमा एक कोठा निर्माण सहयोगार्थ ५ लाख ११ हजार १ सय ११ रुपैँयाको योगदान गर्नुभएको छ । जसमध्ये भ्हउभचत भ्मगअबतष्यल बाट ब्ग्म् १५,०००।( योगदान प्रतिवद्धता गर्नु भएको हो । यसै गरि बार्षिक भोजन सेवा सदस्यता २० जानाले, ६ जनाले बालगोपाल बाबुनानीहरुको अभिभावकत्व लिनुभएको छ भने ४ जनाले आमाबुबाको छोराछोरी बन्ने प्रतिवद्दता गर्नु भएको छ । ९० जनाले ब्ग्म् छण्ण्।ण्ण् योगदान गरी आश्रमको आजीवन सहयोगी सदस्यता ग्रहण गर्नु भयो । १८ जनाले विद्यार्थी सदस्यता ग्रहण गर्नु भयो भने कार्यक्रमहरुमा उपस्थिति ७० जनाले स्वच्छिक रुपमा योगदान गर्नुभएको छ । अष्टेलियाको ७ प्रदेशमा भएको १० कार्यक्रमबाट सहभागि १५०० जना मध्ये २४३ जनाले मानवसेवा आश्रमको सेवाका लागि आर्थिक रुपमा प्रत्यक्ष योगदान गर्नु भएको छ ।

 

अष्ट्रेलियाको ७ स्टेटका विभिन्न ९ शहरहरुमा मानवसेवा आश्रमको सेवा सम्बन्धमा अन्तर्क्रिया सँगै आमा सेमिनारलाई रचनात्मक रुपमा सम्पन्न गर्न न्यूक्यासलस्थित नेप्लिज कम्युनिटी अफ न्यूक्यासल, एडिलेड स्थित नेपाली भजन कृतन समुह एडिलेड, मेलबोर्न स्थित इस्टर्न वारियर एफ।सी, तस्मानिया स्थित नेपाली सोसाईटी अफ तस्मानिया, ब्रिस्बेन स्थित नेपाली संघ ब्रिस्बेन, एन।आर।एन।ए क्विन्सल्याण्ड अष्ट्रेलिया र क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र, गोल्ड कोस्ट स्थित नेप्लिज कम्युनिटी अफ गोल्ड कोस्ट, क्यानबेरामा स्थानीय संघसंस्थाहरु, पर्थ स्थित नेपाल सोसाईटी अफ वेस्टर्न अष्ट्रलिया र भाषा पाठशाला सँगै एन आर एन परिवारले महत्वपुर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।
वि.स २०८२ साल भित्र नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणाको लक्ष्य लिएर सेवामा समर्पित मानवसेवा आश्रमको सेवा प्रवाहमा अष्ट्रेलिया यात्राले थप हौसला प्रदान गरेको छ ।

यसै यात्राको बीचमा सबैको सल्लाहबाट गोरखा समाज अष्ट्रेलियाको सल्लाहकार समेत रहनुभएका परोपकारी एवं मानवता प्रेमले ओतप्रोत त्रिलोचन पोखरेलज्यूको संयोजकत्व सबै स्टेटहरु बाट सहभागिता रहने गरि मानवसेवा आश्रमको अस्ट्रेलिया च्यापटरको समेत गठन भएको छ ।

यसरी नेपाल, कतार, बेलायत र अष्ट्रेलियामा भव्यताको साथ सम्पन्न भएको मानवसेवा आश्रमको कार्यक्रमहरु मे ५ तारिखमा पुन बेलायतमा हुन गईरहेको छ भने अरु देशहरुमा पनि कार्यक्रमको तयारी भईरहेको छ ।