सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनः काँग्रेस सांसद ढुंगाना

.

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न नसकेको बताउनुभएको छ ।

स्वास्थ्य र शिक्षालाई संविधानमा मौलिक हकको रुपमा व्यवस्था गरेपनि सरकारले सो अनुसार काम गर्न नसकेको सांसद ढुंगानाको आरोप थियो । शुक्रवार राष्ट्रिय सभा बैठकमा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धि’ संकल्प प्रश्तावमाथिको छलफलमा भाग लिँदै उहाँले गरिव जनतासँग स्वास्थ्य बीमा गर्ने अवस्था नभएकाले त्यसतर्फ पनि सरकारले सोच्नुपर्ने आवश्यकता औंल्याउनु भयो । सांसद ढुंगानाले सरकारी अस्पतालमा स्रोत, साधन र जनशक्तिको अभावका कारण कामै गर्न नसक्ने अवस्थामा पुग्दा पनि सरकार गम्भिर नभएको जिकिर पनि गर्नुभयो ।
उहाँले भन्नुभयो,‘आज संविधान जारी भएको ८ वर्ष भईसक्यो । तर सरकारले यसको बारेमा जसरी संविधानमा लेख्ने बेलामा त्यसबेलाका संविधानसभाका सांसदलाई जति आतुरता थियो । यो देशलाई हामी यो बाटो लैजाउला । शिक्षा र स्वास्थ्य, यो दुई वटा कुराको बारेमा धेरै नै बहस र छलफल पछि हामीले मौलिक अधिकार भित्र राख्यौं । यो भन्दा पहिले स्वास्थ्यका बारेमा मौलिक अधिकार भित्र राखिएको थिएन । किन मौलिक अधिकार भित्र राखियो भने सरकारलाई बाध्य गराउन । सरकार बाध्य होस् स्वास्थ्य र शिक्षाको बारेमा । तर संविधानमा लेखियो । हामीले संविधान पनि जारी ग¥यौं । तर सरकारले स्वास्थ्यलाई व्यवस्थित गर्न सकिराखेको छैन । त्यसकारण संसदमा संकल्प प्रस्ताव ल्याउनुपरेको हो । त्यसैले म के भन्न चाहन्छु भने हाम्रो देशको अवस्थाको बारेमा हामीले धेरै भनिराख्नु पर्छ जस्तो लाग्दैन । किनभने हामी जति पनि राजनीतिककर्मीहरु छांै । जसले राजनीति गरेका छांै । देशभरीका धेरै जिल्लाहरु हामी घुमेका छौं । जनतासँग हाम्रो सम्पर्क छ । जनताका बारेमा हामीले बुझेका छौं । हामी गाउँघर जान्छौ । यो देश धेरै गरिव छ । यहाँ कृषिमा जनता आधारित छन । अहिले हामी के भन्छौं भने स्वास्थ्य विमा गराएका छौं ७७ वटै जिल्लामा । स्वास्थ्य बीमा ३ करोड नेपाली जनतामा कतिले गराएका रहेछन् भनेर मैल डाटा हेर्दैगर्दा ८० लाखले स्वास्थ्य विमा गराएका रहेछन् । त्यसको नविरकण गर्ने १७ प्रतिशत मात्रै रहेछन् । अब त्यो स्वास्थ्य विमा कसले गराउँछ भन्दा अलि चेतना भएको मान्छेले गराउँछ । दूरदराजको त्यो दलित, जनजाति, त्यो मधेशी, त्यो महिला, जसले विमा गराउनु पर्छ भन्ने कुरा बुझेकै छैन । र त्यो स्वास्थ्य विमा गराउनका लागि पैसा पनि छैन । अनि त्यसले कहाँबाट स्वास्थ्य बीमा गराउँछ ? सरकारी अस्पतालमा स्रोत र साधन नै छैन ।’
सांसद ढुंगानाले सबै पालिकामा सरकारी अस्पताल बनाउने कुरा घोषणा गरेपनि बजेट नभएका कारण अघि बढन नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । —न्युज एजेन्सी नेपाल