मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल—भारत बीचमा जनता—जनता बिचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ ।
स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र भारतीय दुतावासद्वारा नयाँ वर्षको अवसर पारेर जनकपुरधाममा आयोजित द्वितीय जनकपुरधाम साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले नेपाल—भारत बीचको जनता—जनता बीचको अतुलनीय सम्बन्धकै कारण दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउनु भयो । नेपाल—भारत बीचको सम्बन्ध दुई देशको सरकार भन्दा पनि जनता—जनता बीच रहेको उल्लेख गर्नुभयो । सीमा क्षेत्रमा सुरक्षा र राजश्वको नाममा केही वर्ष यता सर्वसाधारण संग सुरक्षाकर्मीबाट भइरहेको व्यवहारले दुई देश बिचको सदियाँै पुरानो सम्बन्धलाई नै खलल पु¥याउने कार्य भइरहेको उल्लेख गर्दै उहाँले त्यसमा सुधार ल्याउन नेपाल र भारत दुवै सरकारसँग आग्रह गर्नुभयो ।
भारतीय महावाणिज्य दुतावास वीरगञ्जका महावाणिज्यदुत डिएस मिनाले दुई देश बिचको साझा संस्कृतिको प्रदर्शनकै लागि जनकपुरधाममा सांस्कृतिक महोत्सवको आयोजना गरिएको बताउनु भयो । महोत्सवमा दुई देशक नारीहरुको साझा पहिरण साडीको प्रदर्शनीका साथै विभिन्न किल्लाहरुको फोटो प्रदर्शनी गरिएको थियो । महोत्सव अन्तर्गत साझा साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको छ । —न्युज एजेन्सी नेपाल