उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल नागढुङ्गा सुरुङ मार्गमार्फत नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।
सोमवार नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङको ‘ब्रेक–थ्रु’ कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री महासेठले यस्तो बताउनुभएको हो । उहाँले नागढुंगा सुरुङमार्ग नेपालको आधुनिक सुरुङमार्ग भएपनि दक्षिण एशियामा सबै भन्दा पहिला सुरुङमार्ग नेपालमा नै निर्माण भएको बताउनु भयो । उहाँले हेटौँडामा अहिले पनि सुरक्षित रहेको सुरुङ मार्ग नेपालकै प्रविधिमा बनेको बताउनु भयो । उहाँले सरकारले सडक मार्गको समय छोटो बनाउन र यात्रालाई सुरक्षित बनाउनको लागि सुरुङमार्गलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । उहाँले नेपाली सेनाले निर्माण गरी रहेको काठमाडौं तराई दु्रतमार्गमा पनि १० किलोमिटर सुरुङमार्ग निर्माण भइरहेको बताउनु भयो । उहाँले सुरुङमार्ग निर्माणको निर्माण यायातातको लागि मात्रै नभएर अन्य विद्युत तथा सिंचाईको लागि पनि प्रयोग हुन थालेको बताउनु भयो । उहाँले सुनकोशी मरिण ड्राइभर्सन पनि ब्रिक थु्र हुनको लागि ७ सय मिटर मात्रै बाँकी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ नेपाल नागढुङ्गा सुरुङ मार्गमार्फत नयाँ युगमा प्रवेश गरेको छ । यो नेपालको आधुनिक सुरुङमार्ग भएपनि दक्षिण एशियामा सबै भन्दा पहिला सुरुङमार्ग नेपालमा नै निर्माण भएको थियो । हेटौँडामा जुन अहिले पनि सुुरक्षित छ । त्यो नेपालकै टेक्नोलोजीमार्फत भएको थियो । सरकारले सडक मार्गको समय छोटो बनाउन र सुरक्षित यात्रा गर्नको लागि सुरुङमार्गलाई प्राथमिकता दिएको छ । नेपाली सेनालाई निर्माण गरी रहेको काठमाडौं तराई दु्रतमार्गमा पनि ५ किलोमिटरदेखि १० किलोमिटर सुरुङमार्ग निर्माण भइरहेको छ । सुरुङमार्ग निर्माणको निर्माण यायातातको लागि मात्रै होइन । अन्य कार्यको लागि पनि शुरु भएको छ । सुनकोशी मरिण ड्राइभर्सन पनि ब्रेक थु्र हुनको लागि ७ सय मिटर मात्रै बाँकी छ । सुरुङ मार्ग निर्माणमा एक महिना स्थानीयबासीहरुको कारण बन्द भएको थियो । तर स्थानीयबासीका मागहरु खानेपानी व्यवस्थापन,सडकको व्यवस्था गर भनेर माग्नुपर्ने चिज होइन । यो सरकारले जनतालाई दिने हो । जनताको अधिकार छ । राम्रो बाटोमा हिँड्न पाउँ,शुद्ध पानी खान पाउने अधिकारको व्यवस्थापन नेपाल सरकारले गर्छ । सुरुङ मार्ग निर्माणका स्थानीयवासीले सहयोग गर्नुस् ।’
उहाँले सुरुङ मार्ग निर्माणमा एक महिना स्थानीयवासीहरुको कारण बन्द भएको भन्दै सरकारले स्थानीयवासीको मागलाई सम्बोधन गर्ने बताउनु भयो । उहाँले स्थानीयवासीका मागहरु खानेपानी व्यवस्थापन,सडकको व्यवस्थापन नेपाल सरकारले गर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल