अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायललाई इरानले गरेको आक्रमणको सम्भावित प्रतिक्रियामा संयमका साथ काम गर्न आग्रह गर्नुभएको छ । आक्रमण पछि आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा ब्लिन्केनले स्टेट डिपार्टमेण्टमा इराकी प्रतिनिधिमण्डलसँगको बैठक अघि आक्रमण पछि ३६ घण्टामा, संयुक्त राज्यले यस क्षेत्रमा आक्रमण रोक्नको लागि कुटनीतिक प्रतिक्रियाको समन्वय गरिरहेकोबताउनु भयो ।
जो बाइडेन प्रशासनले इजरायलको अत्याधिक प्रतिक्रियालाई रोक्न प्रयास गरिरहेको उहाँले बताउनु भयो । यसले विनाशकारी क्षेत्रीय युद्ध निम्त्याउने बताउनु भयो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग शनिवार राति फोनमा राष्ट्रपति बाइडेनले उहाँलाई इरानबिरुद्ध कुनैपनि आपत्तिजनक कारवाही नगर्न चेतावनी दिनुभएको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।