खेलकुदका लागि आवश्यक श्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्छः राष्ट्रपति

.

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका लागि आवश्यक श्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा १४ औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको समग्र विकास समृद्धि र प्रगतिमा पनि युवा विद्यार्थीको अग्रणी र महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । उहाँले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीय स्तरबाट नै खेलाडी तयार गर्न राज्यले ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले गाउँ गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेको जस्तै खेलकुदका लागि आवश्यक श्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने बताउनु भयो । उहाँले देशको खेलकुदको एउटा मुख्य आधारका रुपमा यो प्रतियोगिता अघि बढ्दै जानु सन्तोषको विषय भएको बताउनु भयो । उहाँले । खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन, पुरस्कार र आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गरी खलेको विकासमा सरकार र सरोकोरवालाले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले खेलाडी गाउँ, जिल्ला र प्रदेशमै टिक्न र भविष्य बनाउन सक्छन् भन्ने सुनिश्चितता दिन स्थानीय र प्रदेश सरकारको विशेष ध्यान पुग्न जरुरी रहेको बताउनु भयो । उहाँले खेलाडीको भविष्य सुनिश्चित गर्न निजी क्षेत्रले पनि उत्तिकै हातेमालो गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको समग्र विकास समृद्धि र प्रगतिमा पनि युवा विद्यार्थीको अग्रणी र महत्वपूर्ण भुमिका हुन्छ । यति महत्वपूर्ण खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीय स्तरबाट नै खेलाडी तयार गर्न राज्यले ध्यान दिन जरुरी छ । गाउँ गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेको जस्तै खेलकुदका लागि आवश्यक श्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्छ । देशको खेलकुदको एउटा मुख्य आधारका रुपमा यो प्रतियोगिता अघि बढ्दै जानु सन्तोषको विषय हो । खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन, पुरस्कार र आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गरी खलेको विकासमा सरकार र सरोकोरवालाले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता छ । खेलाडी गाउँ, जिल्ला र प्रदेशमै टिक्न र भविष्य बनाउन सक्छन् भन्ने सुनिश्चितता दिन स्थानीय र प्रदेश सरकारको विशेष ध्यान पुग्न जरुरी छ । खेलाडीको भविष्य सुनिश्चित गर्न निजी क्षेत्रले पनि उत्तिकै हातेमालो गर्नुपर्छ ।’ 

राष्ट्रपति पौडेलले खेलकुदमा लागेर मेरो भविष्य बन्छ भन्ने वातावरण सिर्जना गर्नु नै आजको आवश्यकता रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल