उद्योग वाणिज्य क्षेत्रको योगदान बढाउन प्रतिवद्ध भइ लाग्नुपर्ने समय आएको छः मन्त्री भण्डारी

.

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी तथा विदेशी लगानी अभिवृद्धिमार्फत समृद्ध नेपाल निर्माणमा मन्त्रालय उद्योग वाणिज्य क्षेत्रको योगदान बढाउन प्रतिवद्ध भइ लाग्नुपर्ने समय आएको बताउनुभएको छ ।

मंगलवार परिसंघको २१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीयता अनुकुलका नीतिगत कानूनी एवं संस्थागत व्यवस्था गर्दै तीन तहको संघीयता शासन प्रणालीमा उद्योग तथा व्यापार क्षेत्रलाई थप व्यवस्थित तथा सहजीकरण गर्न सरकार क्रियाशिल रहेको बताउनु भयो । उहाँले सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको र वैदेशिक लगानीलाई आकर्षित गर्न सरकारले करिव एक दर्जन ऐनको परिमार्जन गर्ने कार्य अन्तिम चरणमा पु¥याएको बताउनु भयो । उहाँले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै दुई पक्षिय लगानी प्रवद्र्धनका लागि सरकारले हालै पिआइआईको नमूना ढाँचा स्वीकृत गरेको बताउनु भयो । इ कमर्स, डिजिटल व्यापार तथा सूचना प्रविधिको उच्चतम प्रयोगसहित आर्थिक गतिविधिलाई लागतप्रभावी, प्रतिष्पर्धी र सहज बनाउन सरकारले उच्च महत्व दिएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संघीयता अनुकुलका नीतिगत कानूनी एवं संस्थागत व्यवस्था गर्दै तीन तहको संघीयता शासन प्रणालीमा उद्योग तथा व्यापार क्षेत्रलाई थप व्यवस्थित तथा सहजीकरण गर्न नेपाल सरकार क्रियाशिल रही आएको छ । स्वदेशी तथा विदेशी लगानी अभिवृद्धिमार्फत समृद्ध नेपाल निर्माणमा उद्योग मन्त्रालय, उद्योग वाणिज्य क्षेत्रको योगदान बढाउन हामी प्रतिवद्ध भइ लाग्नुपर्ने समय आएको छ । नेपाल सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको छ । वैदेशिक लगानीलाई आकर्षित गर्न सरकारले करिव एक दर्जन ऐनको परिमार्जन गर्ने कार्य अन्तिम चरणमा पु¥याएको छ । साथै राष्ट्रिय हितलाई केन्द्रमा राख्दै दुई पक्षिय लगानी प्रवद्र्धनका लागि सरकारले हालै पिआइआईको नमूना ढाँचा स्वीकृत गरेको छ । व्यापार तथा लगानीको क्षेत्र अत्यन्त गतिशिल छ । इ कमर्स, डिजिटल व्यापार तथा सूचना प्रविधिको उच्चतम प्रयोगसहित आर्थिक गतिविधिलाई लागतप्रभावी, प्रतिष्पर्धी र सहज बनाउन सरकारले उच्च महत्व दिएको छ ।’

मन्त्री भण्डारीले नेपालका हिमाल, पहाड र तराईको प्राकृतिक साधन, खानी तथा खनिजजन्य श्रोतको उपयोग गर्न अब ढिलाइ गर्ने छुट नरहेको बताउनु भयो । उहाँले कच्चा पदार्थ, सीप तथा कौशलताको प्रयोग गर्दै विदेशी लगानीको प्रवद्र्धन तथा प्रविधि हस्तान्तरणको वातावरण विकास गरी विभिन्न वस्तु तथा सेवाको मूल्य श्रृंखला विकास गर्नु आजको अनिवार्य आवश्यकता भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल