मङ्गोलियाद्वारा जंगलमा आगलागीको उच्च जोखिमको चेतावनी

.

मङ्गोलियाले जंगलमा आगलागीको उच्च जोखिमको चेतावनी दिएको छ । मंगोलिया अब वसन्त ऋतुको सुख्खा र हावाको मौसमको बीचमा जंगल र आगलागीको सामना गरिरहेको छ । गत हप्ता देशभर १२ वटा जंगलमा आगो लागेपनि चेतावनी आएको हो । पूर्वी मङ्गोलियाली प्रान्त डोर्नोड र सुखबाटारमा आईतवार मात्रै कम्तीमा ८० हजार हेक्टर घाँसे मैदान जलेको छ । जनताको लापरवाही जङ्गलमा आगो लाग्नुको मुख्य कारण रहेको जनाउँदै खुला आगो लगाउन वा भुइँमा चुरोट फाल्न चेतावनी दिएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।