तान्जानियामा जारी मुसलधारे वर्षाका कारण आएको बाढीका कारण १ सय ५५ जनाको मृत्यु भएको छ भने २३६ जना घाइते भएका छन् । प्रधानमन्त्री कासिम मजलिवाले संसदमा यसबारेमा जानकारी दिनुभयो । मुख्यभूमि तान्जानियाका २६ मध्ये १४ वटा क्षेत्रमा आँधी आएको बाढीले २ लाख मानिसहरूलाई असर गरेको र १० हजार घरमा क्षति पुगेको जानकारी दिनुभयो ।
विद्यालयको पूर्वाधार, खेतबारी, सडक, पुल, स्वास्थ्य संस्था र पशुपंक्षी बाढीबाट प्रभावित भएको उहाँले बताउनु भयो । सरकारले बाढीबाट गम्भीर रूपमा प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्ने आदेश जस्ता थप प्रकोपकारी अवस्थाहरू रोक्नको लागि कदम चालेको मजलिवाले बताउनु भयो । तान्जानिया राष्ट्रिय सडक एजेन्सी, तान्जानिया ग्रामीण र शहरी सडक एजेन्सी, र तान्जानिया रेलवे कर्पोरेसनलाई तुरुन्तै मर्मतसम्भारका लागि क्षतिग्रस्त सडक र रेलमार्गहरूको तत्काल मूल्याङ्कन गर्न आदेश दिइएको छ । तान्जानिया मौसम विज्ञान प्राधिकरणका अनुसार एल–निनो अवस्थाबाट प्रभावित भारी वर्षा मे महिनासम्म रहने अपेक्षा गरिएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।