ट्रेड युनियनहरुले व्यवसायजन्य सुरक्षा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाउनुपर्छः अध्यक्ष कुँवर

.

संयुक्त टे«ढ युनियन समन्वय केन्द्र (जेटियुसिसि) का अध्यक्ष योगेन्द्रकुमार कुँवरले ट्रेड युनियनहरुले व्यवसायजन्य सुरक्षा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाउनुपर्ने बताउनुभएको छ ।

..
आईतवार काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवसको अवसरमा कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो चरणमा जोखिम न्युनिकरण हुनुपर्ने भएपनि हुन नसकेको बताउनु भयो । प्रविधिसँग श्रमजीविहरु अभ्यस्त नहुँदा र रसायनहरुका सन्दर्भमा श्रमीकहरु जानकार हुन नसक्दा व्यवसायजन्य रोग र असुरक्षा बढेको बताउनु भयो । उहाँले नेपालमा व्यवासयिक असुरक्षा र व्यवसायिक अस्वस्थताको तथ्यांक नहुने भएकाले न्युनिकरणमा झनै कठिनाइ बन्दै गएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले उद्योग र उत्पादनमा नयाँ रसायनहरुको प्रयोग बढिरहेको तर श्रमजीविहरु यसबारे अनविज्ञ हुँदा कतिपय कठिनाइ भइरहेको बताउनु भयो । उहाँले यस सन्दर्भमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र संवेदनशील रहेको जिकिर गर्नुभयो । उहाँले काममा सुरक्षा र स्वास्थ्यको निम्ति संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले छुट्टै ऐनको माग गरिरहेको पनि बताउनु भयो । उहाँले व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा नीति छिटो भन्दा छिटो पुनरावलोकन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा जोखिमलाई न्युनिकरण गर्ने भन्दा पनि क्षतिपूर्तितिर कार्यक्रम केन्द्रित भएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले अहिलेको श्रम कानूनले प्रत्येक कार्यस्थलमा व्यवसायजन्य सुरक्षा स्वास्थ्य समिति हुनुपर्छ भनेपनि कार्यान्वयन हुन नसकेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘वास्तवमा पछिल्लो चरणमा जुन ढंगबाट जोखिम न्युनिकरण हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । वास्तविक रुपमा हामीसँग तथ्यांकहरु प्राप्त भइरहेको छैन । यथार्थमा सबै दुर्घटनाहरु र सबै किसिमका व्यवसायजन्य रोग हो की होइन भनेर हामीसँग पहिचान गर्ने समस्या छ । यथार्थमा त्यो विषय हेर्ने हो भने त्यो हाम्रो डाटा धेरै ठूलो हुनसक्छ । एउटा नयाँ रसायनहरुको प्रयोग बढिरहेको छ, उद्योगहरुमा । उत्पादनहरुमा । अर्कोकुरा नयाँ प्रविधिहरुको प्रयोग भइरहेको छ । प्रविधिसँग श्रमजीविहरु अभ्यस्त नभएको कारणले र रसायनहरुका सन्दर्भमा उनीहरु जानकार नभएको कारणले र व्यवसायजन्य रोग र सुरक्षाप्रतिको सचेतना जुन रुपले हुनुपर्ने हो त्यो नभएको कारणले यो तथ्यांक घट्न सकेको छैन । यस सन्दर्भमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र संवेदनशील छ । सरकारसँग हामीले छुट्टै ऐनको माग गरिरहेका छाँै । हामीले अहिलेको जुन नीति छ, यो व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा नीति त्यसको छिटो भन्दा छिटो पुनरावलोकन गरेर जुन अनुगमन समितिहरु छ, त्यसलाई सशक्त बनाउनुपर्छ भन्ने माग छ । भैंसेपाटीस्थित व्यवसायजन्य सुरक्षा केन्द्र जुन छ, त्यो परम्परागत ढंगले अघि बढेको छ । त्यसको स्तरोन्नति र प्रभावकारिता वृद्धि गर्नुपर्छ । ट्रेड युनियनका जतिपनि सौदाबाजी छन्, ति सौदाबाजीका हामीले व्यवसायजन्य सुरक्षा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाउनु पर्छ । योगदानमा आधारित सामाजिक सुरक्षाको विषय खासगरी व्यवसायजन्य दुर्घटना तथा रोगको कारणबाट जसले क्षति व्यहोर्नुहुन्छ, उहाँहरुलाई राहत र क्षतिपूर्ति दिने विषय हो । यो जोखिमलाई न्युनिकरण गर्ने भन्दा पनि क्षतिपूर्ति गर्ने सन्दर्भमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमहरु आइरहेको छ । यसको प्रभाव जुन ढंगले बढ्नुपर्ने हो, त्यो भएको छैन, यसलाई प्रभावकारी बनाउनेतिर हामी लागेका छौँ । अहिलेको श्रम कानूनले प्रत्येक कार्यस्थलमा इन्टरप्राइजेजहरुमा व्यवसायजन्य सुरक्षा स्वास्थ्य समिति हुनुपर्छ र त्यसले नीति, कार्यस्थलको नीति बनाउनुपर्छ र अनुगमन गर्नुपर्छ भन्ने छ, तर कार्यान्वयन हुन सकेको छैन, यो हामीले उठाएको विषय हो । हामीले हाम्रो यो सबै प्रतिष्ठानहरुमा अकुपेन्सन सेफ्टी एण्ड हेल्थ कमिटी अनिवार्य गठन गरेर यसलाई प्रभावकारी रुपमा अगाडि लैजानसके क्षतिपूर्ति र कार्यक्रममा विषय प्रभावकारी बन्नसक्छ ।’
उहाँले सबै प्रतिष्ठानहरुमा कार्यस्थलमा व्यवसायजन्य सुरक्षा स्वास्थ्य समिति अनिवार्य बनाएर प्रभावकारी रुपमा अघि बढाउन सके क्षतिपूर्ति लगायतका कार्यक्रमहरु प्रभावकारी र व्यवस्थिन बन्ने बताउनु भयो । विश्वव्यापी जनसंख्याको लगभग ६० प्रतिशत मानिस काममा संलग्न हुन्छन् । सबै कामदारहरूको सुरक्षित र स्वस्थ वातावरणको मौलिक अधिकार ठूलो महत्वको विषय हो । व्यावसायिक स्वास्थ्यले कार्यस्थल सम्बन्धी खतराहरूलाई रोक्ने क्रममा कामदारहरूको शारीरिक, मानसिक र सामाजिक कल्याणलाई समेट्छ । —न्युज एजेन्सी नेपाल