सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकामा निःशुल्क दन्त परिक्षण र जनरल स्वास्थ्य शिविर हुँदै

.

काठमाडौं । सिन्धुपाल्चोकमा निःशुल्क दन्त परिक्षण तथा जनरल स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

इन्द्रावति गाउँपालिकाको वडा नं. १, ३ र १० मा ओम चावहिल डेण्टल हस्पिटल, इन्द्रावती गाउँपालिका, विकासका लागि एकता, जर्मन नेपाल सहयोग संघ, धुलिखेल अस्पताल र नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पतालको संयुक्त आयोजनामा निःशुल्क दन्त परिक्षण तथा जनरल स्वास्थ्य परिक्षण शिविर सञ्चालन हुन लागेको हो । शिविर वैशाख १८, १९ र २० गते हुने ओम चावहिल डेण्टल हस्पिटल चावहिल कोटेश्वरका सञ्चालक कृष्ण घिमिरेले जानकारी दिए । शिविर वैशाख १८ गते पहिलो दिन वडा नम्बर ३ स्थित कुनचोक स्वास्थ्य चौकीबाट सुरु हुनेछ । दोस्रो दिन १९ गते सिम्पालकाभ्रे वडा नम्वर १ मा चल्नेछ भने अन्तिम दिन २० गते वडा नम्वर १० स्थित भोटसिप स्वास्थ्य चौकी मा हुने जनाइएको छ ।

शिविर हरेक दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने बताइएको छ । शिविरमा दाँत, मुख तथा सम्पुर्ण जनरल परिक्षण निःशुल्क हुनुका साथै औषधिहरु समेत निःशुल्क वितरण गरिने सञ्चालक घिमिरेले बताए । उनले शिविर सहभागी भइ आफ्नो दाँत मुख तथा जनरल स्वास्थ्य परिक्षण गर्न सबैलाई आग्रह समेत गरे । शिविरमा करिब एक हजार जनाभन्दा बढीको सहभागीता रहने आयोजनाको अपेक्षा छ ।