धानमा पनि आत्मनिर्भर बन्ने प्रयत्नमा छौँः मन्त्री साह

.

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्ने र व्यवसायीकरण गर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको प्रभाव कृषि क्षैत्रमा परेको भन्दै आगामी दिनमा जलवायुजन्य विपद्बाट बच्ने गरी अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा अण्डा, मासु, दुध, दहीमा आत्मनिर्भर रहेको बताउनु भयो । उहाँले धानमा पनि आत्मनिर्भर बन्ने प्रयत्नमा सरकार रहेको पनि बताउनु भयो । उहाँले उत्पादन र बजारीकरणमा समस्या नहुने गरी नीति बनाउन जरुरी रहेको बताउनु भयो । मन्त्री साहले नेपालमा हावापानी सबै स्वस्थ रहेको र नेपालले प्रकृतिले दिएको उपहारको सदुपयोग गरी काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले देश निर्माणका लागि सबै मिलेर लाग्नुपर्ने पनि बताउनु भयो । उहाँले सरकार र जनतासँग प्रत्यक्ष जोडिने कृषिजन्य कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले आयात प्रतिष्थापन गर्ने र निर्यात प्रवद्र्धनको व्यवस्था दरोसँग गर्न जरुरी रहेको बताउनु भयो । उहाँले प्याजमा नेपाल आफैँ आत्मनिर्भर बन्नेगरी उत्पादन गर्न जोड दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी नेपालमा अण्डा, मासु, दुध, दहीमा आत्मनिर्भरतिरै छाँै । धानमा पनि आत्मनिर्भर हुने कोशिसमा छौँ । दुई लाख हेक्टर अझै जग्गा बाँझो छ । त्यसलाई आत्मनिर्भर बनाउनेतिर छौँ । चैते धानलाई प्रोत्साहन गर्नेतिर छौँ । उत्पादन गरिसकेपछि बजारीकरणको समस्या छ, त्यसलाई पनि समाधान गर्नेगरी हामी अघि बढ्दैछौँ । हामीले कृषिमा आधुनिकीकरण गर्ने र व्यवसायीकरण गर्नेगरी अघि बढ्न जरुरी छ । जलवायु परिवर्तनको कुरा पनि छ । यसले पनि कृषिमा असर पुगिरहेको छ । यस्तै अवस्था भइरहे पैसा भएपनि २० वर्षपछि खानसक्ने अवस्था रहँदैन । यसलाई दीर्घकालीन समाधान गर्नेगरी प्राविधिक टिम खटाएर काम गर्नुपर्छ ।’

मन्त्री साहले तीन सरकारको समन्वय गरेर कृषि क्षेत्रको विकास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले कृषिजन्य सामग्रीको भण्डारण, बजारीकरणमा आवश्यक ध्यान दिन जरुरी रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल