रफाहमा इजरायली हवाई आक्रमणः २० जनाको मृत्यु

.

दक्षिणी गाजापट्टी शहर रफाहमा रहेको तीनवटा आवासीय भवनमा आईतबार राति इजरायली हवाई आक्रमण हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । मृत्यु हुनेमा सबै प्यालेस्टाइनी नागरिक रहेको बताइएको छ । मारिनेमा बालबालिका र महिला धेरै छन् । अन्य धेरै अझै पनि भग्नावशेषमुनि फसेको बताइएको छ । हमासका नेताहरू र इजिप्टका मध्यस्थकर्ताहरूबीच कायरोमा हुने नयाँ चरणको युद्धविराम वार्ताको ठिक अगाडि आक्रमण भएको हो । गाजामा युद्धविरामको सम्बन्धमा आन्दोलनको प्रतिक्रिया दिन र इजरायलसँग बन्दी हस्तान्तरण सम्झौताको लागि वार्ता गर्न हमासको प्रतिनिधिमण्डल सोमवार कायरो गएको थियो । इजरायली सेनाले विगत २४ घण्टामा ६६ प्यालेस्टाइनी मारेको र १३८ जना घाइते भएका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।