सांसद सापकोटाको प्रश्नः नियम उल्लंघन गरेका कति वटा कम्पनीलाई कारबाही भयो ?

.

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नियम उल्लंघन गरेका निर्माण कम्पनीहरुलाई कारबाही भए÷नभएको बारे सरकारको जवाफ माग गर्नुभएको छ ।

बिहीवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यो वर्ष काम नै नगरेका कम्पनीहरु कति छन् ? भन्ने उहाँको प्रश्न थियो । सांसद सापकोटाले कति वटाका ठेक्का सम्झौता रद्ध भए, कति वटा कारबाहीका प्रक्रियामा छन् भन्नेबारेमा सरकारले जवाफ दिनुपर्ने बताउनु भयो । उहाँले सडकको अवस्थाका बारेमा सबै विज्ञ रहेको भन्दै निर्माण नगर्ने कम्पनीहरुलाई कारबाही गर्न आग्रह गर्नुभयो । उहाँले बजेट नभएका कारण काम नभएको भन्ने नभइ बजेट भएर काम नभएको पनि उत्तिकै जटिलता रहेको बताउनु भयो ।
हाँले भन्नुभयो, ‘जताततै काम भएन, यो भएन, त्यो भएन भन्नेकुरा छ । यसका बारेमा सबै अनविज्ञ छाँै भन्ने पनि लाग्दैन । सबै विज्ञ नै छाँै । ति सडकहरुमा हामी हिँडेकै छाँै । प्रतिकात्मक हिसावले मान्छेहरुले सामाजिक सञ्जाल सबैतिरबाट गालीहरु गरिरहेका छन् । यो वर्ष काम नै नगरेका नियम उल्लंघन गरेका निर्माण कम्पनीहरु कति वटालाई कारबाही भयो, कति वटाका ठेक्का सम्झौता रद्ध भए, कति वटा कारबाहीका प्रक्रियामा छन् । बजेट मात्रै नभएका कारण काम नभएको होइन नि बजेट भएर काम नभएको पनि उत्तिकै जटिलता छ ।’

सांसद सापकोटाले तदर्थका लागि काम कारबाही गर्नेकुराले कहीँ नपुगिने बताउनु भयो ।  —न्युज एजेन्सी नेपाल