पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छः मन्त्री तामाङ

.

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा जाउँ हिँड रेसुङ्ग अभियानको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकलाई अहिलेको स्थितिबाट माथि उठाउन पनि पर्यटन क्षेत्रको विकास अपरिहार्य भएको बताउनु भयो । उहाँले मुलुकलाई समुन्नत बनाउने आर्थिक आधारहरुमध्ये पर्यटनको क्षेत्र पनि एक भएको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रको विकासद्वारा नै रोजगारी सिर्जना, र मुलुक समृद्ध बनाउनसक्ने बताउनु भयो । उहाँले बसाईंसराईको प्रक्रियालाई पनि पर्यटकीय क्षेत्रको विकासद्वारा रोक्न सकिने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हाम्रो मुलुक अहिले जुन स्थितिबाट गुज्रिरहेको छ, हामीले मुलुकलाई समुन्नत बनाउनको निमित्त आर्थिक आधारहरुमध्ये पर्यटनको क्षेत्रलाई पनि एउटा महत्वपूर्ण आधारको रुमपा लिएका छाँै । पर्यटन क्षेत्रको विकासद्वारा नै हामीले रोजगारी सिर्जना गर्नसक्छाँै र मुलुकलाई आर्थिक रुपबाट समृद्ध बनाउन सक्छाँै । अहिले जुन हिसावले जनसमुदायको स्थानान्तरण जसरी हुने गरेको छ, त्यो स्थानान्तरणको प्रक्रियालाई पनि यस्तै पर्यटकीय क्षेत्रको विकासद्वारा मात्रै रोक्न सकिन्छ । जनसमुदायले आश मारेका ठाउँलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नसके त्यसबाट हामीले धेरै कुरालाई, विकास निर्माणका पूर्वाधारहरुलाई केन्द्रित गर्नसक्ने हो मुलुकमा एउटा खालको समृद्ध नेपालको निमित्त महत्वपूर्ण आधार बनाउन सकिन्छ ।’

मन्त्री तामाङले गाउँ गाउँमा विकास निर्माणका पूर्वाधारहरुलाई केन्द्रित गरी पर्यटकीय गन्तव्य बनाउनसके समृद्ध नेपालको महत्वपूर्ण आधार बन्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल