निर्माण सामग्री सम्बन्धी विधेयकमा झन्डै ४ सय वटा संशोधन

.

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार सम्बन्धी विधेयकमा नेपाली काँग्रेसको कुनै बिरोध नरहने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । काँग्रेसले आएको विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने कुरामा काँग्रेस सकारात्मक रहेको बताउनु भयो । उहाँले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकारको दफावार छलफल गरेर अन्तिम चरणमा पु¥याएको पनि बताउनु भयो । उहाँले विधेयक गम्भीर रहेकाले शिर्ष नेतृत्वसँग बसेर सकेसम्म सहमतिमै टुंग्याउने पक्षमा रहेको बताउनु भयो । उहाँले अख्तियार सम्बन्धी विधेयक र भ्रष्टाचारसम्बन्धी विधेयकमा विज्ञहरुसँग छलफल गरी अघि बढाउने बताउनु भयो । उहाँले निर्माण सामग्री सम्बन्धी विधेयकमा झन्डै ४ सय वटा संशोधन परेको बताउनु भयो । निर्माण सामग्री सम्बन्धी विधेयक अहिले राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो पहिलो प्राथमिकता विधेयकमा नै हुन्छ । हामीले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकारको दफावार छलफल गरेर अन्तिम चरणमा पु¥याएका छौँ । विधेयक अलि गम्भीर र शिर्ष नेतृत्वसँग बस्नुपर्ने हुँदा सम्माननीय प्रधानमन्त्रीज्यु र पूर्वप्रधानमन्त्रीसँग बसेर सकभर सहमतिमा नै टुंग्याउने पक्षमा छाँै । हाम्रो नेपाली काँग्रेसको तर्फबाट अहिले कुनैपनि बिरोध नभएको कुरा जानकारी आएको छ । जस्तो विधेयक आएको छ, त्यसलाई पारित गर्नेकुरामा अघि बढेका छाँै । अन्तिम चरणमा छ । अख्तियार सम्बन्धी विधेयक र भ्रष्टाचारसम्बन्धी विधेयक छ । यो विधेयक लामो समयसम्म धेरै कुरामा असर गर्ने खालको भएकाले यो समितिका सबै मान्य सदस्यहरुलाई केही विज्ञहरुसँग राखेर पनि छलफल गर्नेछाँै । प्रमुख सचेतकहरुसँग बसेर केही विज्ञहरुसँग बसेर छलफल गर्नेछौँ । निर्माण सामग्री सम्बन्धी विधेयक समितिमा आइसकेको छ । त्यसमा झन्डै ४ सय वटा संशोधन छन् । अत्यसलाई पनि अघि बढाउनुपर्नेछ ।’ 

सभापति खतिवडाले हप्तामा तीन दिन संसद चलाउने र तीन दिन समिति सञ्चालन गर्नेकुरालाई ढिला नगरी कार्यान्वयन गर्ने प्रीतवद्धता जनाउनु भयो । —न्युज एजेन्सी नेपाल