वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सवारी दुर्घटना न्युनिकरण ट्राफिक प्रहरीले कारबाही गरेर र सरकारले नियम बनाएर मात्रै नहुने बताउनुभएको छ ।
आईतवार पूर्वअरनिको यातायात प्रा.लि.ले काठमाडौंमा आयोजना गरेको दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सवारी साधान न्युनिकरण गर्न सबैभन्दा बढी जिम्मेवारी सवारी चालक हुनुपर्ने बताउनु भयो । मन्त्री लम्सालले सरकारले कानून उल्लङ्घन गर्नेलाई कारबाही गर्दैमा सवारी दुर्घटनामा कम हुन नसक्ने दाबी गर्नुभयो । उहाँले सडक दुर्घटना कम गर्न सवारी साधनको इस्टेरिङ बस्ने सवारी चालक बढी सचेत हुन आवश्यक रहेको बताउनु भयो । उहाँले सवारी चालकले आफूले पाएको जिम्मेवारी सजगतापूर्ण निर्वाह गनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ट्राफिक प्रहरीले सावरी साधन समातेर र सरकारले नियम बनाएर मात्रै सडक दुर्घटना न्युनिकरण हुन सक्दैन । सडक दुर्घटना कम गर्न सवारी साधनको इस्टेरिङ बस्ने सवारी चालक बढी सचेत हुनुपर्छ । सवारी चालक जिम्मेवार हुनुपर्छ । आफूले पाएको जिम्मेवारी सतर्कता पूर्ण निर्वाह गनुपर्छ । सवारी साधनमा हुने दुव्र्यवहार र ट्राफिक प्रहरीको दुव्यवहार पनि व्यवसायीहरुले भन्ने गर्नुभएको छ । यातायातको क्षेत्रमा समस्या व्यवसायी,ट्राफिक प्रहरीमा मात्रै छैनन् । सबैतिर समस्या भएकाले यातायात क्षेत्रका समस्या साझा ढङ्गले समाधान गर्नुपर्छ । सवारी दुर्घटना र समस्या समाधान गर्न सबैभन्दा बढी नेतृत्वदायी भुमिका यातायात व्यवसायीहरुको हुन्छ ।’
उहाँले यातायातको क्षेत्रमा समस्या व्यवसायी,ट्राफिक प्रहरी र सरकार मिलेर साझा ढङ्गले समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सवारी दुर्घटना र समस्या समाधान गर्न सबैभन्दा बढी नेतृत्वदायी भुमिका यातायात व्यवसायीहरुको भएको उल्लेख गर्नुभयो । —न्युज एजेन्सी नेपाल