स्वदेशमै रोजगारी सिर्जना गर्न घरेलु तथा साना उद्योग स्थापना आजको आवश्यकताः श्रममन्त्री अर्याल

.

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मुलुकभित्रै रोजगारी सिर्जनाको लागि लघु,घरेलु तथा साना उद्योग स्थापना आजको आवश्यकता भएको बताउनुभएको छ ।

बुधवार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो । उहाँले हरेक दिन विमानस्थलका विदेश पलायन भइरहेका फोटोहरु सामाजिक सञ्जालमा देख्ने अवस्था अन्त्यको लागि मुलुकभित्रै रोजगारी सिर्जना आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले अब हरेक कार्यक्रम त्यही नीति अनुरुप गर्ने तयारी रहेको बताउनु भयो । उहाँले विदेशबाट फर्कने नेपाली नागरिकहरुलाई मुलुकभित्रै स्वरोजगार बनाउनको लागि सीपमुलक क्षेत्रमा काम गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले सबै प्रदेश र स्थानीय सरकारसँग मिलेर श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गर्ने तयारी गरेको बताउनु भयो । उहाँले सरकारको अबको  प्रयास देशमा नै रोजगारी सिर्जना गर्ने रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘मुलुकभित्रै रोजगारी सिर्जनाको लागि लघु घरेलु तथा साना उद्योग स्थापना गर्नु अहिलेको आवश्यकता हो । हामीले हरेक दिन विमानस्थलका फोटाहरु सामाजिक सञ्जालमा देख्ने गरेका छौं । तर विदेशमा गएर फर्कने नेपाली नागरिकहरुलाई मुलुकभित्रै स्वरोजगार बनाउनको लागि रोजगार सिर्जना गर्नको लागि सीपमुलक क्षेत्रमा काम गरेको देखिएन । श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गर्ने तयारी गरेका छौं । सबै प्रदेश र स्थानीय सरकारसँग मिलेर हामीले आयोजना गर्दैछौं । अबको हाम्रो प्रयास भनेको देशमा नै रोजगारी सिर्जना गर्नु हो । त्यसको लागि सरकारले सीप सिकाउन जरुरी हुन्छ । आउने दिनमा सिटिभिटि र सीप विकास प्रशिक्षणमार्फत सीप सिकाउने प्रयास गरिरहेका छौं । नेपाली उत्पादनलाई सरकारी निकायहरुमा प्रयोगमा ल्याउने विषयमा नीतिगत रुपमा व्यवस्था गरी ल्याउने प्रयासमा छौं ।’

उहाँले सरकारले सिटिभिटि र सीप विकास प्रशिक्षणमार्फत श्रमिकहरुलाई सीप सिकाउने प्रयास गरेको बताउनु भयो । उहाँले नेपाली उत्पादनलाई सरकारी निकायहरुमा प्रयोगमा ल्याउने विषयमा नीतिगत रुपमा व्यवस्था गरिने बताउनु भयो । —न्युज एजेन्सी नेपाल