पूर्वअर्थमन्त्री युवराज खतिवडाले बैंकहरुलाई माइक्रोफाइनान्सबाट बाहिरिएर एसएमई कर्जा बिस्तारमा जान सुझाव दिनुभएको छ ।
बिहीवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलमा बोल्दै उहाँले यस्तो बैंकहरुलाई यस्तो सुझाव दिनुभएको हो । उहाँले बैंकहरुबाट दुई सय वटा व्यवसायीहरुलाई मात्रै कर्जा थप गर्दै लगेको बताउनु भयो । उहाँले बैंकहरुले २ सय उद्योगी व्यवसायीहरु माथि कर्जा थप्दै जाने तर कर्जाको पहुँच सबै व्यवसायीमा पुगेन भनेर कहिल्यै गन्तव्यमा नपुगिने बताउनु भयो । उहाँले १२ लाख नागरिक गरिवीको रेखामुनी रहेको भन्दै २२ लाखलाई नेट गरी ३० लाख मानिसहरुलाई पैसा दिएको बताउनु भयो । उहाँले माइक्रोफाइनान्स संस्थाले ल्याएका सदस्यहरुलाई आफूतिर तान्न भीडभाड गरेर मात्रै सबै व्यवसायीहरुको पहुँचमा कर्जा पुग्न नसक्ने बताउनु भयो । उहाँले बैंकहरुलाई कोल्याट्रलबेस फाइनान्सिङमा जान समेत आग्रह गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले पनि त्यसलाई राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने बताउनु भयो । उहाँले बैंकलाई राष्ट्र बैंकले ५ प्रतिशत पु¥याउनै पर्ने स्ट्रेस पनि नदिन नहुने बताउनु भयो । उहाँले बैंकहरुलाई आफैँ प्रोजेक्ट खोजेर लगानी गर्न समेत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,‘ बैंकहरुबाट दुई सय वटा व्यवसायी कति कर्जा लिनुभएको छ । आधा लिनुभएको होला । कहाँ छ पैसा ? बैंकहरुले त्यही २ सय उद्योगी व्यवसायीहरु माथि कर्जा थपेर,कर्जाको पहुँच सबै व्यवसायीमा पुगेन भनेर कहिल्यै गन्तव्यमा पुग्दैनौं । अर्को पक्ष हेर्ने हो भने १२ लाख नागरिक गरिबीको रेखामुनी छन् । हामीले २२ लाखलाई नेट गरी ३० लाख मानिसहरुलाई पैसा दिइसक्यांै । अब कहाँ खोज्छौं । अब बैंकहरु माइक्रोफाइनान्सबाट बाहिरिनुस्,तपाईहरु एसएमईमा जानुहोस् । त्यो बिजनेस चल्दैन । त्यही माइक्रोफाइनान्स संस्थाले ल्याएकोमा भीडभाड गर्नुहुन्छ। त्यही सदस्य तान्नुहुन्छ। त्यो बेकार हो । अब एसएमईमा जानुस् । धितोकर्जा वेशमा जानुस् । धितो बिनाको कर्जाबेस पार लागेन । आगामी मौद्रिक नीतिले यो कुरा समावेश गरोस् । बैंकलाई ५ प्रतिशत पु¥याउनु पर्ने दबाब नदिओस् । कर्जाको पहुँच पुग्ने कुरामा जीडिपीको १५० प्रतिशत पुग्नेवाला छैन । जबसम्म बैंकहरु इनोभेसन मिकानिजम फाइनान्सियलमा जाँदैनौ । बैंकहरुले ठूला पूर्वाधार निर्माणमा सरकारले सबैकुरा ठिक पारी दिओस् । बैंकले टक लगानी गर्छौं । लगानीकर्तालाई १५ प्रतिशत नाफा हुन्छ । बैंकहरुको नयाँ आयोजना निर्माणमा एक प्रतिशत नाफा खर्च गर्नुस् । बैंकहरु पनि संकटको समय इनोभेटिभ भइदिनुस् । सरकारले गरिदेला अनि बसौंला भनेर होइन । कसैले पकाइदेला अनि खाउला नभन्नुस् । चामल, दाल, तरकारी, कुकर, स्टभ सबै ठिक छ । अलिकति बाल्न पनि सिक्नुप¥यो । त्यति काम त तपाइहरुले गर्नुपर्छ । प्रोजेक्टबेस फाइनान्सिङमा अलिकति काम चाहिन्छ ।’
उहाँले कुनै प्रोजेक्ट डेभलप गर्नेमा नाफाको १ प्रतिशत भएपनि खर्च बैंकहरुले गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले प्रोजेक्टबेस फाइनान्सिङमा बैंकहरुको थप काम चाहिने बताउनु भयो । —न्युज एजेन्सी नेपाल