संयुक्त राष्ट्र संघको महासभाद्वारा प्यालेस्टाइनको संयुक्त राष्ट्र संघको सदस्यताको  प्रश्तावलाई समर्थन

.

संयुक्त राष्ट्र महासभाले शुक्रवार प्यालेस्टिनीलाई संयुक्त राष्ट्रको पूर्ण सदस्य बन्नको लागि योग्यताको रूपमा मान्यता दिँदै र सुरक्षा परिषद्लाई यस विषयमा अनुकुलताका साथ पुनर्विचार गर्न सिफारिस गर्दै समर्थन गर्ने प्रश्ताव पारित गरेको छ । प्रश्तावको पक्षमा १४३ मत र अमेरिका र इजरायलसहित ९ विपक्षमा र २५ देशले भाग लिएका थिए । चीनले प्रश्तावको पक्षमा मतदान गरेको थियो । प्रश्तावले प्यालेस्टाइन राज्य सदस्यताका लागि योग्य रहेको बताएको छ । संयुक्त राष्ट्रसंघका लागि साउदी अरेबियाका स्थायी प्रतिनिधि अब्दुलअजीज अलवासिलले प्रश्तुत गरिएको प्रश्ताव पूर्णरूपले मिल्दोजुल्दो रहेको बताउनु भयो । अन्तर्राष्ट्रिय समुदायको इच्छालाई कार्यान्वयन गर्न र मध्यपूर्वमा साँचो शान्ति स्थापना गर्न योगदान पु¥याउन खोजेको बताउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।