मधेस प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

.

नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।

आईतवार नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेका भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका हुन् । साह वन तथा वातावरणमन्त्री र भट्टराई उद्योग तथा पर्यटनमन्त्री हुनुहुन्थ्यो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएसँगै त्यसको असर प्रदेश सरकारमा पर्न शुरु भएको हो । —न्युज एजेन्सी नेपाल