सहकारी कर्मचारीको साथबाट ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ

.

जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

रकम लुट्नेमा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले केही रकम समेत बरामद गरेको जनाएको छ । गत वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरको शुभश्री वचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम १९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए । —न्युज एजेन्सी नेपाल