विद्यालयस्तरबाटै खेलकुद विकास गर्न शिक्षक र विद्यार्थीलाई खेल तालिम

.

सरकारले आफ्नो नीति तथा कार्यक्रममा खेलक्षेत्रतर्पm विद्यालयस्तरका शिक्षक र विद्यार्थीहरूलाई खेलको तालिम दिने घोषणा गरेको छ ।
मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै खेलकुद क्षेत्रको विकासका लागि विद्यालयस्तरबाटै खेल तालिमको कार्यक्रम अगाडि बढाएको हो । यद्यपि, सरकारले यस पटक पनि खेलकुद क्षेत्रका लागि दीर्घकालीन लक्ष्यसहित नयाँ कार्यक्रम भने दिन सकेन । पूर्वाधार निर्माण र प्रतियोगिता आयोजना गर्नेमा नै सरकारको खेल कार्यक्रम सीमित रह्यो । खेल विकासका साथै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता प्राप्त गर्न खेलकुदका ग्रासरुट कार्यक्रम पनि प्राथमिकता पाउन सकेन ।
तर सरकारले उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन र खेलक्षेत्रमा महिला सहभागिता बढाउन कार्यक्रम ल्याउने उल्लेख गरेको छ । यस्ता कार्यक्रमले भने खेलकुद विकासमा सघाउ पुग्नेछ । साथै खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम सञ्चालनमा कार्यान्वयन गर्ने सरकारले घोषणा गरेको छ । यसले गर्दा खेलाडीको मनोबलमा वृद्धि हुनेछ । सरकारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विजयी खेलाडीलाई सम्मान तथा पुरस्कृतका साथै जीवननिर्वाह भत्ताको व्यवस्था गर्ने जस्ता कार्यक्रम सार्वजनिक गरेको छ । यस किसिमका कार्यक्रमले खेलाडीहरूको मनोबल उच्च गराउनेछ ।
साथै सरकारले खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख्ने भएको घोषणा गरेको छ । काठमाडौंको मुलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तिब्रता दिने यस पटकको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्न सरकारले अग्रसरता देखाएको छ । संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा उक्त निर्माणधीन रंगशालाको काम अगाडि बढाउन अघि बढाइने कार्यक्रममा समावेश छ ।
साथै नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरको त्रिवि क्रिकेट मैदानको स्तरोन्नतीसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइने सरकारले उल्लेख गरेको छ । सरकारले देशको मौलिक तथा परम्परागत खेल प्रवद्र्धन गर्ने भएको छ ।
नेपालको मौलिक खेल एवम् परम्परागत खेलको प्रवद्र्धन तथा प्रतिभावान खेलाडीको खोजी गर्न राष्ट्रियस्तरका प्रतियोगिता आयोजना कार्यक्रममा उल्लेख गरिएको छ । देशमा स्वस्थ नागरिक बनाउन सरकारले सबैको लागि खेलकुद तथा योग अभ्यासको सिर्जना गराउने आफ्ना कार्यक्रममार्पmत सार्वजनिक गरेको छ । सरकारको नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि समावेश छ ।
सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको सहभागिता बढाउने र आधुनिक प्रवधियुक्त अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जस्ता कार्यक्रमलाई प्रोत्साहन गरेको छ । «न्युज एजेन्सी नेपाल