अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण

.

काठमाडौं – नेपाल कम्युनिष्ट (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार (आज) आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ । तर, अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य नै रहेकाले होम आइसोलेशनमा बसेको बताइएको छ ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठलगायत नेताहरूलाई पनि कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेका छन् ।