नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यकता बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको राजनीतिक अस्थिरता अन्त्य गर्न पनि कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यक भएको बताउनु भयो । उहाँले संसदीय व्यवस्था समावेशी व्यवस्था रहेको र सबैको प्रतिनिधित्व गर्ने राम्रो र उपयोगी व्यवस्था भएपनि स्थायित्व र स्थिरताका निम्ति सफल हुन नसकेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसले सबै राजनीतिक दलहरुसँग समन्वय गरेर संविधान संशोधनका निमित्त नयाँ बाटो खोल्नुपर्ने अहिलेको आवश्यकता रहेको बतानु भयो ।
उहाँले भन्नुभयो, ‘संसदीय व्यवस्था समावेशी व्यवस्था हो, सबैको प्रतिनिधित्व गर्ने राम्रो र उपयोगी व्यवस्था हो । तर हामीले स्थायित्व र स्थिरताका निम्ति जुन वर्तमान संविधान निर्माण गरेका छाँै अहिलेको निर्वाचनको १५ महिना भित्रमा केन्द्रित गठबन्धन तीन पटक परिवर्तन भएको छ । प्रधानमन्त्री एउटै भएपनि । प्रदेशमा कोशीमा ६ वटा मुख्यमन्त्री परिवर्तन भयो । हरेक प्रदेशमा तीन पटक भन्दा बढी सरकार परिवर्तन भएको छ । त्यसकारण नेपाली काँग्रेसले नै सबै पार्टीलाई संयोजन गरेर संविधान संशोधनका निमित्त नयाँ बाटो खोल्नुपर्ने अहिलेको आवश्यकता हो । समानुपातिक जस्तो अस्थिरतामा आधारित प्रणाली र अहिले देखिएको सम्पूर्ण अस्थिरताका कारक तत्वहरुलाई खोलेर एउटा नयाँ बाटो दिनुपर्ने आवश्यकता छ । हेड अफ द आर्मी राष्ट्रपतिको रुपमा लिएर गएर निर्वाचित प्रधानमन्त्री अहिलेको स्थायित्वको प्रमुख बाटो हो ।’
उहाँले समानुपातिक निर्वाचन प्रणाली अस्थिरतामा आधारित प्रणाली रहेको भन्दै अहिले देखिएको सम्पूर्ण अस्थिरताका कारक तत्वहरुलाई खोलेर एउटा नयाँ बाटो दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । —न्युज एजेन्सी नेपाल