सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल ¥याली

.

राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारीको रकम अपचलनबिरुद्ध बिरोध प्रदर्शन गरेको छ ।

मंगलवार काठमाडौंमा मोटरसाइकल ¥यालीसहित सहकारीको रकम अपचलनबिरुद्ध बिरोध जनाएको हो । संवैधानिक हिन्दु राज्यको स्थापना, संघीयता खारेजी, गणतन्त्र खारेजी गर्नुपर्ने माग पनि रहेको एक आन्दोलनकारीले बताए । राज्य सत्तामा बस्नेहरुबाट नै सहकारी पीडितको रकम हिनामिना गरेकाले सहकारी पीडितले न्याय पाउनुपर्ने माग रहेको बताए । –न्युज एजेन्सी नेपाल