राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा इरानी राष्ट्रपतिको निधनमा शोक व्यक्त

.

संयुक्त राष्ट्र सुरक्षा परिषद्का सदस्यहरूले इरानी राष्ट्रपति इब्राहिम राइसी, विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र आईतवारको हेलिकप्टर दुर्घटनामा अन्य यात्रुहरूको मृत्युको शोकमा एक मिनेट मौन धारण गरेका छन् । सोमवार बिहान सुरक्षा परिषद्को बैठकको प्रारम्भमा, बैठकको अध्यक्षता गर्ने मोजाम्बिकका संयुक्त राष्ट्रका राजदुत पेड्रो कोमिसारियो अफोन्सोले सुरक्षा परिषद्को कक्षमा उपस्थित सबैलाई उभिएर मृत्युको दुःखद् क्षतिको लागि एक मिनेट मौन धारण गर्न आग्रह गरे । उनीहरुका परिवार र इरानका जनताप्रति समवेदना जनाए । रुस, चीन र अल्जेरियाले एक मिनेट मौनधारण गर्न अनुरोध गरेको बताएका थिए ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।