मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको प्रतिनिधित्व गरी सदनमा पुग्नेहरुले आफ्नो समुदायको आवाज उठाउन नसक्नु पीडादायक रहेको बताउनुभएको छ ।
मुस्लिम बालबालिका तथा युवाहरुको उत्थानको लागि इमामहरुको भुमिका अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरेक क्षेत्रमा मुस्लिमको उपस्थिति हुनुपर्ने मुस्लिम आयोगको माग रहेको बताउनु भयो । उहाँले मुस्लिम समुदायको प्रतिनिधित्व हरेक ठाउँमा हुनुपर्ने आफूहरुको माग रहेको बताउनु भयो । उहाँले मुस्लिम समुदायको हक, अधिकार, विकास र उत्थानका लागि आयोगले विभिन्न कामहरु गर्दै आएको बताउनु भयो । उहाँले आयोगले गरेका कामहरु हरेक वर्ष वार्षिक प्रतिवेदनमा राष्ट्रपति कार्यालयलाई बुझाउने गरेको र राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री हुँदै सदमा पुगेपछि मुस्लिम समुदायकै सांसदहरुले त्यसबारेमा आफ्ना आवाज उठाउने र छलफल गर्ने नगरेकोप्रति दुःखेसो गर्नुभयो । उहाँले सदनमा प्रतिवेदनमाथि छलफल हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताउनु भयो । मुस्लिम क्षेत्रबाट जाने प्रतिनिधिहरुले प्रतिवेदनमाथि संसदमा आवाज निकालेर छलफल गराउन नसक्नु समुदायको लागि धोका हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले हरेक क्षेत्रमा मुस्लिमको उपस्थिति हुनुपर्छ, मुस्लिम हरेक क्षेत्रमा आफ्नो भुमिका पाएपछि आफ्नो भुमिका निर्वाह गर्दछ, भन्दाभन्दा हामीले हरेक समयमा मिडियामार्फत हामीले आवाज उठाउँदै आएका छाँै । मुस्लिम क्षेत्रमा विभिन्न समयमा र क्षेत्रमा आफ्ना आवाज उठाउँदै गर्दा सिंगो मन्त्रीमण्डल मुस्लिम बिहीन छ । केही दिनअघि एक जना राज्यमन्त्री भएपनि मुस्लिम समुदायबाट पाउनु हाम्रो लागि गर्वको कुरा हो । समुदायको प्रतिनिधित्व हरेक ठाउँमा हुनुपर्छ । हामीले काम गरेको समुदायको हक अधिकारका लागि, विकास र उत्थानका लागि जति काम गरेका छौँ । त्यसको लेखाजोखा छ । हामीले राष्ट्रपति कार्यालयलाई हरेक वर्षको वार्षिक प्रतिवेदनमा हामीले गरेका काम मात्रै नभइ हामीलाई परेका चुनौतिदेखि लिएर आगामी कार्यदिशादेखि लिएर हरेक कुरा उल्लेख गरेर वार्षिक प्रतिवेदन बुझाउँछौँ, त्यो सम्मानननीय प्रधानमन्त्रीमार्फत सदनमा पठाउने चलन छ तर दुर्भाग्यवश सदनमा पुग्दा त्यो विषयमा छलफल नहुनु, हाम्रा मुस्लिम समुदायका प्रतिनिधिहरु सदनमा जोजो हुनुहुन्छ, उहाँहरुले समेत यो विषयमा आवाज नउठाउनु यो समुदायको लागि धोका हो । समय र ठाउँमा नबोल्दा त्यो समुदायको माग ओझेलमा पर्दछ ।’
उहाँले समय र ठाउँमा नबोल्दा समुदायको माग ओझेलमा पर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल