अफगानिस्तानमा बाढीका कारण ३० हजारभन्दा बढी मानिस प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले बाढी प्रभावित मानिसहरूलाई तत्काल आपतकालीन आश्रय, चिकित्सा आपूर्ति, खाना, नगद, सुरक्षित पिउने पानी र स्वच्छता किटहरू आवश्यक रहेको बताएको छ । विश्व स्वास्थ्य संगठनले पनि पानीजन्य रोगहरू बढेको बताएको छ । विशेष गरी देशको उत्तरी क्षेत्रहरूमा पखाला र छालाको संक्रमण बढेको बताएको हो ।
शुक्रवार र शनिवार फर्याब र पश्चिमी घोर प्रान्तमा भारी वर्षा र अचानक बाढीका कारण कम्तिमा १२० जनाको मृत्यु भएको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।