नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ आयोजना गर्ने भएको छ ।
आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले यस बारेमा जानकारी गराएको हो । प्रदर्शनी जेठ १५ गतेदेखि ३० गतेसम्म हुने प्रतिष्ठानले जनाएको छ । राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ मा ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा राखिने प्रतिष्ठानले जनाएको छ । जसअन्तर्गत कोशी प्रदेशबाट ४२ कलाकारका ४३, मधेस प्रदेशबाट ५७ कलाकारका ६१, वागमती प्रदेशबाट २३३ कलाकारका २६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका ४६, लुम्बिनी प्रदेशबाट ७० कलाकारका ७०, कर्णाली प्रदेशबाट २३ कलाकारका २८, सुदूरपश्चिम प्रदेशबाट ४२ कलाकारका ४३ कलाकृति गरी ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा रहने बताएको छ । जसमा अप्रतियोगीअन्तर्गत ७६ कलाकृति समावेश रहेको प्रतिष्ठानले जानकारी दिएको छ । विधागत रूपमा समसामयिक चित्रकलाका १७८ कलाकारका १९१, परम्परागत चित्रकलाका ८४ कलाकारका ८९, आधुनिक मूर्तिकलाका ३७ कलाकारका ४१, परम्परागत मूर्तिकलाका २१ कलाकारका २३, लोककलाका ४७ कलाकारका ५१, हस्तकलाका ६२ कलाकारका ६८, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत छविकलाका २८ कलाकारका ३३, प्रतिस्थापन कलाका ७ कलाकारका ७, कार्टुनका ११ कलाकारका १२, क्यारिकेचरका ३ कलाकारका ३, डिजिटलका १ कलाकारका १, भिडियो आर्टका १ कलाकारका १, भावभङ्गिमा कलाका २ कलाकारका २ कलाकृति प्रदर्शनीमा रहने पनि बताइएको छ । यस वर्ष अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान प्राज्ञ किरण मानन्धर (पूर्व कुलपति) र श्यामवदन श्रेष्ठ (वरिष्ठ हस्तकलाकार) लाई प्रदान गरिनेछ । यस पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र रहेको छ । सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरिनेछ । यस पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको छ । राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ श्रवणकुमार महर्जन, परम्परागत चित्रकलातर्फ महेश्वर डङ्गोल, परम्परागत मूर्तिकलातर्फ सुमन शाक्य, हस्तकलातर्फ विनोदकुमार बज्राचार्य, लोककलातर्फ विजयकुमार दत्त कायस्त, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत प्रतिस्थापन कलातर्फ टासी सलाका र फोटोग्राफीतर्फ रामगोपाल वैद्यलाई प्रदान गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । ललितकला लेखन पुरस्कार प्राज्ञ ज्ञानेन्द्र विवश, ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्र दैनिक र द राइजिङ नेपालका सुकृत नेपाल र रेनुका ढकाललाई प्रदान गरिने प्रतिष्ठानले बताएको छ । ललितकला लेखन पुरस्कारको राशि ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३०÷३० हजार र सम्मानपत्र रहेको छ । कला प्रवर्द्धन सम्मान भने नेपाल व्यावसायिक कलाकार सङ्घलाई प्रदान गरिनेछ । प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोशीबाट सामना राई (भावनगिमा कला), मधेसवाल बिगुल ढकाल (समसामयिका सिमाना बागमतीबाट अनमोल रत्न तुलाधानी चित्रकला), गण्डकीबाट भिनत्रिकामायिक मूर्तिकला, लम्बिनीबाट आकाश बुढामाय (समसामयिक चित्रकला भिमबहारी (समसामयिक मूर्तिकला), सुदूरपश्चिमबाट महेन्द्र (परम्परागत सन (समसामयिक मूर्तिकला) लाई प्रदान गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ५० हजार र सम्मानपत्र रहेको छ । प्रादेशिक ललितकला विधागत पुरस्कार समसामयिक चित्रकला विधातर्फ कोसीबाट सोनी राई, मधेसबाट स्मिता श्रीवास्तव, बाग्मतीबाट सुदीपकुमार बस्याल, गण्डकीबाट सुदिन श्रेष्ठ, लुम्बिनीबाट खेमबहादुर घिमिरे, कर्णालीबाट सुभाषकुमार शाक्य, सुदूरपश्चिमबाट यसोदाकुमारी सिंह, समसामयिक मूर्तिकलातर्फ कोसीबाट टीकाराम पौडेल (शशी किरण), बागमतीबाट जुनु खनाल शर्मा, गण्डकीबाट रिहाना परियार लुम्बिनीबाट हरिबहादुर थापा बयम्बु, कर्णालीबाट कौसिबहादुर बुढा, परम्परागत चित्रकला विधातर्फ कोसीबाट गणेश लामा, मधेसबाट सोनम सिंह भ्लोन, बागमतीबाट शंख नारायण श्रेष्ठ, गण्डकीबाट विचार सिंह तामाङ (मनोज) लामा, कर्णालीबाट लारप रोकाया, परम्परागत मूर्तिकलातर्फ कोसीबाट कमलेश लिम्बु (डिएगो) बागमतीबाट कृष्णगोपाल गारु हस्तकलातर्फ कोसीबाट शिव छाड्छा राई, मधेसबाट रुना झा, बागमतीबाट राजिव महर्जन, लुम्बिनीबाट शुभेच्छा चौधरी, कर्णालीबाट धुक्तेन लामा, सुदूरपश्चिमबाट सीता राना, लोककलातर्फ कोसीबाट विष्णुप्रसाद चौधरी, मधेसबाट विनाकुमारी कर्ण, बागमतीबाट अमन कट्वाल, लुम्बिनीबाट सिकेन्दर चौधरी, वास्तु तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत कार्टुनमा गण्डकीबाट महेश वस्ताकोटी, प्रतिस्थापन कलामा बागमतीबाट रविन्द्रकुमार श्रेष्ठ, फोटोग्राफीमा कोसीबाट सनम तामाङ, बागमतीबाट प्रेम थापा, लुम्बिनीबाट नारायण वि.क., सुदूरपश्चिमबाट माधव ओझा, क्यारिकेचरमा गण्डकीबाट अनिशा भण्डारीलाई पुरस्कृत गरिने छ। यी सम्पूर्ण पुरस्कारको राशि ३०÷३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट अभिषा घिमिरे (इलाम), मधेस प्रदेशबाट आरतीकुमारी साह (महोत्तरी), बागमती प्रदेशबाट रमिता तामाङ (काभ्रे), गण्डकी प्रदेशबाट सपना नेपाली, (कास्की), लुम्बिनीबाट सोनु हरिजन (रुपन्देही) र सुदूरपश्चिम प्रदेशबाट रोशन भण्डारी (धनगढी) लाई प्रदान गरिने छ । यस पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । यस वर्षको प्रतिष्ठानको उत्कृष्ट कर्मचारी सम्मान भने कमलमणि काफ्ले र मिना कुचिकारलाई प्रदान गरिने छ । कार्यक्रमबारे जानकारी दिँदै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीले कार्यक्रम प्रदेश र स्थानीय तहसम्म कलाको गतिविधि पु¥याउने उद्देश्ले हुन लागेको बताउनु भयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको संघीय भावधारले दिएको आधारको सारमा कला सर्जकहरु र कलाकारहरु केन्द्रमा मात्र नभइ सथानीय र प्रदेशमा पनि हुनुपर्ने आधारमा केन्द्रबाट स्थानीय तहसम्मको बीचको बाटो खोजेर परिष्कृत रुमपा लैजानका लागि गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो कार्यक्रममा प्रदेश र स्थानीय तहसम्म हाम्रो कलाको गतिविधि पु¥याउँ । र हाम्रो लोकतान्त्रिक गणतन्त्रको संघीय भावधारले दिएको आधारको सारमा हाम्रो कला सर्जकहरु र कलाकारहरु केन्द्रमा मात्र नभइ स्थानीय र प्रदेशमा पनि हुनुहुन्छ, त्योसँग जोडेर केन्द्रबाट स्थानीय तहसम्मको बीचको बाटो खोजेर परिष्कृत रुमपा लैजानुपर्छ भन्ने मनशाय राखेका छाँै । कला संस्कृतिमा त्यही समाजको विशेषता हुन्छ ।’
यस वर्षदेखि शुरु गरिएको शहीद कलाकार अनिल लामा स्मृति पुरस्कार २०८०’ लक्ष्मण भुजेल र शहीद कलाकार बाबुराम लामा स्मृति पुरस्कार २०८० प्राज्ञ भुवन थापालाई प्रदान गरिने प्रतिष्ठानले बताएको छ । यी पुरस्कारको राशी ५०÷५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । परम्परागत चित्रकला र मूर्तिकला विधाको मूल्याङ्कन समितिमा लोक चित्रकार, साइला लामा (मङ्गल), रविन्द्र शाक्य, समसामयिक चित्रकला, मूर्तिकला र वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विधाको मूल्याङ्कन समितिमा कृष्ण मानन्धर, प्रवीणकुमार श्रेष्ठ, सीमा शर्मा शाह, राजन काफ्ले, सरिता डङ्गोल तथा लोककला तथा हस्तकला विधाको मूल्याङ्कन समितिमा मिथिलादेवी यादव, पूर्णकाजी शाक्य र कृष्ण सर्वहारी हुनुहुन्थ्यो । —न्युज एजेन्सी नेपाल