म्यानमारका पौडी खेलाडीहरू पेरिस २०२४ ओलम्पिकका लागि प्रतिष्पर्धा गर्दै

.

म्यानमारका २५ जना पौडी खेलाडीहरू आगामी २०२४ को ग्रीष्मकालीन ओलम्पिक खेलकुदका लागि प्रतिष्पर्धाका लागि अभ्यासमा जुटेका छन् । शनिवार याङ्गुनको राष्ट्रिय पौडी पोखरीमा उनीहरु भेला भएका थिए । म्यानमार पौडी महासंघले आयोजना गरेको उक्त प्रतियोगितामा आठ पौडी प्रतियोगितामा १२ पुरुष र १३ महिला खेलाडी सहभागी थिए । म्यानमार पौडी महासंघका सहसचिव यु मिन्ट ल्विनले ओलम्पिकमा म्यानमारको प्रतिनिधित्व गर्न एक पुरुष र एक महिला खेलाडी छनोट भएको खुलासा गर्नुभयो । पेरिस २०२४ ओलम्पिक जुलाई २६ देखि अगस्ट ११ सम्म हुनेछ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।