राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेटमाथि जेठ २०,२१ र २२ गते छलफल हुने, २२ गते अर्थमन्त्रीले जवाफ दिने

.

आगामी आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमानका प्रति राष्ट्रिय सभामा प्रश्तुत भएको छ ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमानका प्रति राष्ट्रिय सभामा प्रश्तुत गर्नुभएको हो । प्रश्तुत भएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आगामी आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल गर्न जेठ २०,२१ र २२ गतेलाई तोकेको जानकारी गराउनु भयो । अर्थमन्त्रीबाट जवाफका लागि जेठ २२ गतेको दिन निर्धारण गरिएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आगामी आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल गर्न जेठ २०,२१ र २२ गतेलाई तोकेको छु । अर्थमन्त्रीबाट जवाफका लागि जेठ २२ गतेको दिन निर्धारण गरिएको छ ।’ 
राष्ट्रिय सभाको अर्को बैठक जेठ २० गते आईतवार सवा १ बजे बस्नेगरी स्थगित भएको छ । —न्युज एजेन्सी नेपाल