अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक २०८१ पेश गर्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभाको दोस्रो बैठकमा अर्थमन्त्री पुनले आर्थिक विधेयक २०८१ पेश गर्नुभएको हो । उहाँले सरकारले अघि सारेको अर्थसम्बन्धि व्यवस्था कार्यान्वयन गर्न केही महशुल कर शुल्क र दस्तुर लगाउन र लगाइ राखेकोलाई चालु राख्न,हेरफेर गर्न तथा राजश्व प्रशासन सम्बन्धि कानूनहरु संशोधन गर्न आर्थिक विधेयक पेश गरिएको बताउनु भयो । विधेयकले राजश्व कर शुल्क र महशुल र दस्तुरको निधारण लगायत अन्य विषयको कर दस्तुर बढाउन वा घटाउने विषय समेटिएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल