बेल्जियम ।
गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सिता सापकोटाले विद्यान विपरित एकलौटी निर्णय गरेको भन्दै एनआरएनए बेल्जियममा विवाद सिर्जना भएको छ ।
गैरआवासीय नेपाली संघ बेल्जियमको सोमवार ३ जुनमा बोलाइएको बैठकप्रति महासचिव रुविना शर्माले अध्यक्ष सापकोटाले विद्यान विपरित एकलौटी निर्णय प्रति ध्यानार्कषण भएको जनाएकी छन् । महासचिव रुविनाले सोमवार एक विज्ञप्ति जारी गर्दै विद्यानको धारा १२.५ को उपधारा १२.३.५ मा अध्यक्षको निर्देशनमा महासचिवले बैठक बोलाउन सक्ने वैधानिक प्रावधान भएपनि अध्यक्ष सापकोटाले एकलौटी निर्णय गरेको बताइन । उनले अध्यक्ष सापकोटाले विधान विपरित उपमहासचिवको प्रयोग गरिको प्रति आफ्नो ध्यानार्कषण भएको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्षले संस्थाको महासचिवसँग कुनै परामर्श विना आब्हान गरेको बैठक तत्काल स्थगित गरेर संस्थाको आन्तरिक समस्या समाधान गरी बैठक बोलाउन उनले आग्रह गरेकी छन् । गैरआवासीय नेपाली संघको अभियान नै निकै अप्ठ्यारो परिस्थितिमा गुर्जिएको अवगत गराउंदै शर्माले सर्वोच्च अदालतको फैसलाको भावना अनुरुप सबै पक्षलाई समेटेर सामाजिक एकता र सदभाव राख्नुपर्ने अवस्थामा एकल र विधान विपरित बैठक बस्नु अदालतको मानहानी गरेको उनको ठहर छ ।
संस्थाको विधान र सर्वोच्च आदालतको भावना समेत अपहेलना गर्दै एकलौटी रुपमा बोलाइएको बैठकमा भएका निर्णयहरुप्रति कानूनी र नौतिक प्रश्न समेत उठ्न सक्ने भन्दै शर्माले कार्यसमिति सदस्यहरुलाई संस्थागत एकताको पक्षमा उभिन समेत आग्रह गरेकी छन् ।
यस्तो छ विज्ञप्ति: