कर्णाली भूकम्प पुनः प्राप्ति अपरेशन इण्डक्सन कार्यक्रम बाँकेमा शुरु भएको छ ।
आईतवारदेखि सञ्चालन भएको कर्णाली भूकम्प पुनः प्राप्ति अपरेशन इण्डक्सन कार्यक्रम २४ गतेसम्म सञ्चालन हुनेछ । नेपाल रेडक्रस सोसाईटीको आयोजनामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका निर्देशक धर्मदत्त विडारीले नेपाल रेडक्रसले देशभर विपद्मा परेका नागरिकहरुको लागि जहिले पनि अग्रपंक्तिमा उभिएर काम गरेको दाबी गर्नुभयो । पहुँच नभएका र समस्यामा परेका नागरिकको लागि सदैव उद्धारमा खटिने नेपाल रेडक्रसले गौरवमय छाप बसालेको बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष सुरेन्द्र सिंह ऐरले रेडक्रसकर्मीहरुले विपद्मा धेरै सहयोग गरेको भन्दै स्मरण गर्नुभ्यो । रेडक्रसले गरेको योगदानबाट अहिले नेपालमा छवि कायम भइसकेको उहाँले बताउनु भयो । रेडक्रस विश्वासमा उत्रिएको हुनाले कामप्रति बफादार रहेको उपाध्यक्ष ऐरले बताउनु भयो । देशको परिस्थिति अनुसार रेडक्रसले गरेको विश्वासले अब स्थानीयतहसँग सम्मन्वय गरी अझ गहन बनाउन आवश्यक रहेको उहाँले बताउनु भयो । देश संघियतामा गएपछि स्थानीय तहसँगको सम्मन्वय रेडक्रसकर्मीहरुको लागि अपरिहार्य रहेको उहाँले बताउनु भयो ।
कर्णाली भूकम्प पुनः प्राप्ति अपरेशन इण्डक्सन कार्यक्रममा केन्द्रिय कार्यालय, प्रदेश कार्यालय र जाँजरकोट, रुकुम र सल्यानका कर्मचारी गरि ५५ जनाको सहभागिता रहेको छ । २१ गतेदेखि सञ्चालन भएको कार्यक्रम २४ गतेसम्म सञ्चालन हुनेछ । तालिममा विधि, प्रक्रिया र नियम बारे जानकारी गराइने आयोजकले जनाएको छ । —न्युज एजेन्सी नेपाल