थप ३१८ जनामा कोरोना पुष्टि, १ को मृत्यु

.

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ३१८ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ७७४३ जनाको नमुना परीक्षण गरिएकोमा ३१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप १ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९३१ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् ।

No photo description available.