हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसईई कप २०२४’ शनिवारदेखि हुने भएको छ ।
यसैपालि एसईई (सेकेण्डरी एजुकेसन एक्ज्यामिनेसन) दिएका करिव १ सय विद्यार्थीले प्रतिष्पर्धा गर्ने जनाइएको छ । हिमालयन चेस एकेडेकी अध्यक्ष मोनालिशा खम्बूले तीन दिने प्रतियोगिता गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतलीस्थित हलमा हुने बिहीवार आयोजित पत्रकार सम्मेलनमा बताउनु भयो । उहाँकाअनुसार प्रतियोगिता ओपन र गल्र्स गरी दुई क्याटगोरीमा सञ्चालन गरिनेछ । जसमा समान पुरस्कार विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार र ३ हजार रुपिया, ट्रफी, पदक र प्रमाणपत्र दिइनेछ । प्रतियोगिताका शिर्ष तीन खेलाडीलाई गोल्डेटगेट इन्टरनेसनल कलेजले छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ । कलेजकी निर्देशक सैल सुमन सिलवालकाअनुसार जुनसुकै विषयमा पनि विजेतालाई पूर्ण छात्रवृत्ति दिइनेछ भने उपविजेताले ७५ प्रतिशत र तेस्रो हुने खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् । —न्युज एजेन्सी नेपाल