अब महाधिवेशनलाई रोक्नसक्ने कुनै शक्ति नेपालमा छैनः झलनाथ खनाल

.

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको महाधिवेशनलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

नेपाल खेलकुद महासंघ, समाजवादीले ललितपुरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले असार १६ गतदेखि पार्टीको महाधिवेशन आएको भन्दै पार्टीको महाधिवेशन रोक्नसक्ने कुनैपनि शक्ति नेपालमा अहिले नरहेको बताउनु भयो । उहाँले महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने बताउनु भयो । उहँँले पार्टीको महाधिवेशनलाई सफल बनाउन एकतावद्ध हुनुपर्ने बताउनु भयो । उहाँले महाधिवेशनलाई ऐतिहासिक, प्रगति, एकता, पुनःगठको महाधिवेशन बनाउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी नौ दिनपछि हाम्रो १० औं महाधिवेशन उद्घाटन गर्न गइरहेका छौँ । यसको पूर्वघडिमा यो फुटबल आयोजना गरेर महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अभिप्रेरित गर्ने काम खेलकुद महासंघदले गरेको छ । महाभिवेशन हाम्रो कम्युनिष्ट आन्दोलनको इतिहासमा नै अत्यन्त महत्वपूर्ण ऐतिहासिक महाधिवेशन हुँदैछ । यसलाई सफलीभुत पार्नु हाम्रो पार्टीका सम्पूर्ण समर्थक, शुभचिन्तकहरुको प्रमुख अभिभारा हो । हामी तम्तयारी जसरी अघि बढाउँदै छौँ, अब यो महाधिवेशन सफलतापूर्वक सम्पन्न हुन्छ नै । यसलाई रोक्न, छेक्न, डिस्टर्ब गर्नसक्ने कुनै शक्ति अहिले नेपालमा छैन कमरेडहरु । यो सफल हुन्छ नै । यसलाई सफलीभुत बनाउन सबै एकतावद्ध हौँ । ऐतिहासिक महाधिवेशन बनाऔँ । प्रगति, एकता, पुनःगठको महाधिवेशन बनाऔँ ।’ 

सम्मानित नेता खनालले पार्टीको महाधिवेशन कम्युनिष्ट आन्दोलनको इतिहासमा नै महत्वपूर्ण ऐतिहासिक महाधिवेशन हुन लागेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल